News

बेलहिया सिमानाका खुल्यो

भैरहवा, फागुन। भारतिय बजार सुनौली तर्फ जादै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महिलामाथि अभद्र व्यवहार गरेपछि बन्द रहेको सिमानाका बेलहिया दुई देशका शुरक्षा प्रमुखको समझदारी पछि खुलेको छ। सुनौली जादै गर्दा बेलहियाकी एक महिलालाई भारतिय शुरक्षाकर्मीले चेकजाँचका नाममा ती महिलाको कपडा च्यादिएपछि सिमानाका बेलहियामा तनाव सृजना भएको थियो। भारतिय शुरक्षाकर्मीको ज्यादती पछि नेपाली पक्षको […]

पशुपति मन्दिर शिवरात्रिदेखि दर्शनार्थीका लागि दिनभरि नै खुला हुने

काठमाडौँ,  फागुन । पशुपतिनाथ मन्दिर शिवरात्रिदेखि दिनभर दर्शनार्थीका लागि खुला हुने भएको छ । अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खुल्ने गरेको मन्दिर आउँदो २७ गते शिवरात्रिपछि दिनभर नै खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अघिल्लो वर्ष चैत ११ गते अघिसम्म पशुपति मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला […]

इण्टरनेटको मूल्य घटाउँदै सरकार

काठमाडौं, फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले इण्टरनेटको मूल्य घटाउने सम्बन्धमा अध्ययन गरिरहेको र निकट भविष्यमै त्यसको कार्यान्वयन गरिने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित क्यान महासंघको २७औं साधारणसभामा बोल्दै उनले इण्टरनेटको मूल्य कम गराउने विषयमा सरकारको प्रतिवद्धता व्यक्त गरेका हुन्। इण्टरनेट सेवा महँगो र कम प्रभावकारी भयो। त्यसलाई कम खर्चिलो र प्रभावकारी बनाउने विषयमा […]

आज नेप्से १२ दशमलव ५६ अङ्कले उकालो लाग्यो

काठमाडौं,  फागुन । आज साताको चौथो दिन बुधबार शेयर बजार परिसूचक नेप्से उकालो लागेको आज नेप्से १२ दशमलव ५६ अङ्कले बढेर २५ सय ९९ दशमलव शून्य सात विन्दुमा पुगेको हो । बैंकिङ समूहको शेयर १५ अङ्कले बढेको छ । यस्तै व्यापारको साढे एक, होटलको साढे ४६, विकास बैंकको १८, फाइनान्सको ६, निर्जीवन बीमाको एक सय […]

रानीमहलमै होटेल चलाएर ‘हनिमुन गन्तब्य’ बनाउन प्रस्ताव

काठमाडौं, फागुन । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो । तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । होटल […]

दुई चार सिटमा सीमित हुने प्रचण्डलाई ठूलो जुरो र लामा सिङ्ग हालिदिएको थिए : ओली

विराटनगर, फागुन। प्रधानमन्त्री केपी ओलीले प्रचण्ड सिद्धिने बाटोमा हिँडेको आरोप लगाएका छन्। शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका अ‍ोलीले यस्तो आरोप लगाएका हुन्। अझैसम्म फर्किएर आउन र जनताको सागरमा मिसिन आग्रह गर्दै उनले सिद्धिने बाटोमा नहिँड्न सुझाव दिए। ‘अझै फर्किएर आउनुहोस्, नेपाली जनताको सागरमा मिसिनुहोस्। भीरबाट लड्नेलाई राम भन्न सकिन्छ […]