News Update

लुम्बिनीका मुख्यमन्त्रीको सम्पर्क कार्यालय दाङमा

बुटवल, असोज। लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी तोकिएको स्थान दाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सम्पर्क कार्यालय राख्ने भएको छ। शुक्रबार साँझ बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले दाङको राप्ती गाउँपालिका २ लालमटियामा प्रदेशको सम्पर्क कार्यालय रहने गरि पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयले भौतिक पूर्वाधारको व्यवस्था गर्ने निर्णय गरेको हो। साथै दाङमा रहेको उक्त मन्त्रालयलाई प्रदेश राजधानी […]

आजदेखि सुपथ मूल्य पसल सञ्चालन

भैरहवा, असोज। सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ ठाउँमा पसल सञ्चालन गर्ने जनाएको छ । कम्पनीले काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल […]

आजदेखि बागलुङ कालिका मन्दिर खुल्ने

बागलुङ, भदौ  । बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय […]

एमसीसी सम्झौतालाई नेपालमा राजनीतिक हतियार बनाइयो : एमसीसी उपाध्यक्ष सुमार

काठमाडौं, भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौतालाई नेपालमा राजनीतिक हतियार बनाइयो भन्दै असन्तुष्टि जनाएकी छिन् । दलहरुलाई एमसीसीका विषयमा कन्भिन्स गर्न नेपालको चार दिने भ्रमणमा आएकी उपाध्यक्ष सुमारले आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्न नहुने बताएकी छन् । दलका नेताहरुसँगको भेटमा आफूले एमसीसी अनुमोदन […]

नयाँ दिल्ली दैनिक उडान हुने 

काठमाडौँ, भदौ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौँ(नयाँ दिल्ली गन्तव्यमा सातामा १० उडान हुने भएका छन् । नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर […]

साढे चार महिनापछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला

काठमाडौँ, भदौ।  पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५:३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना जोखिम कम भए पनि पूर्णरूपमा […]