मुख्य समाचार

कांग्रेसको १४औं महाधिवेशन : समावेशीतर्फ पनि खसआर्यकै बाहुल्य

काठमाडौं, भदौ २७ (ई-रैवार) नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रियामा समावेशी प्रतिनिधित्वलाई लिएर असन्तुष्टि देखिएको छ । जनसंख्याका आधारमा प्रतिनिधित्व हुने निर्वाचन निर्देशिकाको व्यवस्थाले विगतमा पाएको सुविधा कटौती गरेको भन्दै दलित, मुस्लिम, अल्पसंख्यक समुदायका नेताहरु असन्तुष्ट छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका पदाधिकारीहरुलाई भेटेर निर्वाचन निर्देशिका सच्याउन आग्रह गर्दै आएका […]

आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्नु हुँदैन : एमसीसी उपाध्यक्ष फातिमा

काठमाडौं, भदौ २७ (ई-रैवार) अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्न नहुने बताएकी छन् । आफ्नो चार दिने भ्रमणको अन्तिम दिन आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसीसी सम्झौतालाई नेपालमा राजनीतिकरण गरिएको भन्दै असन्तुष्टि जनाइन् । ‘अहिले एमसीसीलाई राजनीतिकरण गर्ने अनि गलत र भ्रामक प्रचार गर्ने […]

शेयर बजारको विकृतिबारे अध्ययन भइरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं, भदौ २७ (ई-रैवार) अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसङ्गतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिए । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरी छानबिनका लागि उच्च […]

दार्चुला तुइन घटनाबारे छानबिन समितिले बुझायो प्रतिवेदन, एसएसबीको उपस्थितिमा घटना भएको ठहर

काठमाडौं, भदौ १५ (ई-रैवार) दार्चुलाका जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार साँझ गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणलाई समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन् । छानबिन समितिले दार्चुलामा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा […]

मन्त्रिपरिषद् विस्तारअघि दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने प्रधानमन्त्री देउबाको तयारी

काठमाडौं, भदौ १३ (ई-रैवार)  मन्त्रिपरिषद् विस्तारअघि राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रिय पार्ने सरकारले तयारी थालेको छ । अध्यादेश निष्क्रिय बनाउने प्रकियाका लागि प्रधानमन्त्री शेरबहादुर देउबाले गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई जिम्मा दिएको निकट स्रोतले जनाएको छ । उबानिकट स्रोतका अनुसार अध्यादेश कायमै राखेर मन्त्रिपरिषद् विस्तार गर्दा सत्तारुढ दलभित्र असन्तुष्टि चुलिने […]

आइतबार भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं, भदौ १३ (ई-रैवार) आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको हुदाँ आज भारी वर्षा हुने भएको हो । मनसुनी वायुको प्रभावले अझै दुई दिनसम्म देशका अधिकांश भू-भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, […]

‘सत्याग्रही डाक्टर’: जसले डोटी–डडेल्धुरामा ‘मेडिकल कलेज सपना’ जगाए !

‘मेडिकल कलेज सपना !’ सुदूरपश्चिम पहाडमा त्यसअघि ‘कल्पना’ समेत नगरेको विषय थियो । चुनावमा तमाम सपना बाँड्ने नेताहरुले समेत यो सपना बाँडेका थिएनन् । सोझासिधा जनताहरु यतिसम्म सोच्ने कुरै भएन् । अरूण बम डोटी भदौ १२: चिकित्सा क्षेत्रमा सुधारको माग गर्दागर्दै ‘सत्याग्रही डाक्टर’को छवि बनाएका डा. गोविन्द केसी २०७५ असार १६ गते जुम्लामा अनशन बसे […]

जब, भारत पुग्नुपर्ने समस्याको दिपायलमै उपचार भयो…

दिपायल भदौ १२(ई-रैवार) झण्डै डेढ बर्षअघि आदर्श गाउँपालिका–२ की ३९ वर्षिया महेश्वरी साउँदको तल्लो पेट भारी हुनथाल्यो । केही दिनमा त्यही पेटमा असह्य पीडाको पहाड उब्जिएको महशुस भयो । पेट कटकटी दुख्नथाल्यो । दुर्गम गाउँ, अशिक्षित परिवेश ! पाठेघरसंग जोडिएको समस्या ! त्यही परिवेशबाट ग्रसित उनी सजिलै कहाँ अरुलाई भन्न सक्थिन र त्यो समस्या ! […]

देउवा र दाहालबीच भेटवार्ता, सरकारलाई पूर्णता दिनेबारे छलफल

काठमाडौं, भदौ १२ (ई-रैवार) प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच शनिबार बिहान भेटघाट भएको हो । भेटमा सरकारलाई चाँडै पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । शनिबार बिहान देउवालाई भेट्न दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार […]

जिल्ला सभापतिको अनशन आज तोडिने, महाधिवेशनमा केन्द्रित हुने पौडेल समूहको निर्णय

काठमाण्डौँ, भदौ १२ (ई-रैवार) नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच फेरि अर्को सहमति भएको छ । सहमति भएसंगै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको जारी अनशन आज तोडिने भएको छ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु चार दिनदेखि रिले अनशनमा छन् […]