मुख्य समाचार

देशभर २७ प्रतिशत रोपाइँ

काठमाडौं,असार। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार असार २१ गते बिहीबारसम्ममा देशभर २६.७१ प्रतिशत रोपाइँ सकिएको हो। यो गत वर्षको सोही समयको तुलनामा भने १३ प्रतिशतले कम हो। गत वर्ष असार २१ गतेसम्ममा ४० प्रतिशत रोपाइँ सकिएको थियो। मन्त्रालयका अनुसार मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन ढिलो सुरू भएकाले धान रोपाइँ कम भएको हो। […]

नेप्सेमा कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १२७ कम्पनीका सेयर मूल्यमा गिरावट

काठमाडौं, असार । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार स्थिर देखिएको छ । दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से ०.०६ अंकको सामान्य गिरावट भएर २०४९.३८ को विन्दुमा बन्द भएको हो ।कारोबार खुलेको सुरुवाति समयमा केही वृद्धि देखिएको नेप्से दिनभर जस्तो रातो देखिएपनि करिब २ बजेपछि भने उचारचढाव देखिएको थियो । अन्तिममा सामान्य गिरावट भएर […]

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडौं,असार। मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आज (मंगलबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय […]

भारतबाट १ अर्ब ५७ करोड रुपैयाँको केरा नेपाल भित्रियो

काठमाडौं,असार । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट १ अर्ब ५७ करोड रुपैयाँको केरा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असारदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको केरा आयात भएको हो ।यस अवधिमा नेपालमा ६ करोड २१ लाख ६३ हजार किलोग्राम केरा आयात भएको छ । यसबापत आयातकर्ताले राज्यलाई १९ करोड १२ लाख रुपैयाँ […]

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढ्यो

काठमाडौं, असार । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ । यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ ।

यो साता २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार

काठमाडौं,असार । यो साता सेयर बजारका लागि निकै उत्साहपूर्ण बन्यो । चार दिन कारोबार भएको यस साता नेप्से सूचक ९५।४६ अङ्कले बढ्दै २१ सय ५०।९९ अङ्कको विन्दुमा उक्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् असार ७ गते ४।७५ अङ्कले बढ्दै २ हजार ५०।७८ अङ्कको बिन्दुमा रोकिएको सेयर बजार परिसूचक नेप्से यस साताको पहिलो […]

धान–चामलको आयात घट्यो

काठमाडौं, असार। लामो समयपछि नेपालमा धान–चामल आयात ठूलो परिमाणले घटेको छ । सरकारी तथ्याङ्‍कअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्ष (आव) को जेठसम्म ४४ करोड ७५ लाख किलो कम धान, चामल र कनिका आयात भएको पाइएको हो । आयात परिमाण घटेसँगै धान–चामलका लागि विदेशिने रकमसमेत १६ अर्ब १० करोड ५६ लाख २८ हजार रुपैयाँले घटेको […]

भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट

चितवन, असार। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार १३ औं नगरसभाको अधिवेशनमा उपमेयर चित्रशेन अधिकारीले महानगरको बजेट प्रस्तुत गरेका हुन्।महानगरले आगामी वर्ष आन्तिरिक आय एक अर्ब ७५ करोड हुने प्रक्षेपण गरेको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ […]

पोखरामा सिजी मोटर्सको सोरूम उद्घाटन

पोखरा,असार। पोखराको अर्चलबोटे चोकमा सिजी मोटर्सको सोरूमको उद्घाटन गरिएको छ। उक्त सोरूमको उद्घाटन नेपालका लागि चीनका राजदूत चेन सोङले गरेका हुन्। उद्घाटनपछि राजदूत सोङले नेपाल तथा चीनको अटुट सम्बन्धमा जोड दिनका साथै सिजी मोटर्सलाई सफलताको शुभकामना पनि दिए। समारोहमा सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो।उद्घाटनमा प्रमुख कार्यकारी अधिकृत अग्रवालले […]

भिभो वाई३६ नेपाली बजारमा सार्वजनिक हुदै

काठमाडौं, असार । भिभोले आफ्नो वाई सिरिज अन्तर्गत उच्च–प्रतीक्षित नयाँ स्मार्टफोन वाई३६ नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ । नेपालमा प्रि–बुकिङको लागि उपलब्ध रहेको यस स्मार्टफोनलाई ग्राहकहरूले २५ तारिख देखि २७ तारिखसम्म नजिकैको रिटेल पसलहरूबाट प्रि–बुकिङ गर्न सक्नेछन् । नेपाली बजारमा भने यो स्मार्टफोन २८ तारिखबाट बिक्रीका लागि उपलब्ध हुनेछ ।वाई३६ मा प्रिमियम क्रिस्टल […]