काठमाडौं, फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले इण्टरनेटको मूल्य घटाउने सम्बन्धमा अध्ययन गरिरहेको र निकट भविष्यमै त्यसको कार्यान्वयन गरिने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित क्यान महासंघको २७औं साधारणसभामा बोल्दै उनले इण्टरनेटको मूल्य कम गराउने विषयमा सरकारको प्रतिवद्धता व्यक्त गरेका हुन्। इण्टरनेट सेवा महँगो र कम प्रभावकारी भयो। त्यसलाई कम खर्चिलो र प्रभावकारी बनाउने विषयमा […]
Business
हवाई भाडा बढ्यो
काठमाडौं, फागुन। हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ ।नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको सङ्घले […]
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं, फागुन । एक सातामै पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार (आज राति १२) बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको हो ।मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ । साथै, हवाई इन्धनको मूल्य […]
सुन र चाँदीको मूल्य घट्यो
काठमाडौं, माघ। नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार रु ६०० घटेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य […]
देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द
चितवन, माघ । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् । नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं […]
बंगलादेशी मल नेपाल ल्याइने
काठमाडौं,माघ। नेपाल सरकारले बंगलादेशबाट मल ल्याउने भएको छ। जिटुजी मार्फत उक्त मल ल्याउन लागिएको हो।करिब १५ दिनपछि मल प्याकेजिङको काम सुरू हुने कृषि सामाग्री कम्पनीका प्रवक्ता विष्णु पोखेरेलले जानकारी दिए। ‘बंगलादेशले सरकारी प्रक्रिया अघि बढाइरहेको छ। अबको १०÷१५ दिनपछि प्याकेजिङ सुरू हुन थाल्छ,’ उनले भने, ‘प्याकेजिङ गर्दै नेपाल पठाइन्छ।’ मल भारतका विभिन्न नाका हुँदै नेपाल भित्रने […]