Banking

यो दशैँमा नयाँ नोट सटही नगरिने

काठमाडौं, असोज। यो वर्षको दशैँमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सूचना निकालेर कोरोना भाइरसको महामारीका कारण यो वर्षका चाडबाडमा नयाँ नोट वितरण नहुने जनाएको हो । नयाँ नोट सटहीका क्रममा भिडभाड हुन सक्ने र कोरोना सङ्क्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

नबिल बैंकले शेयर धितो राखेर सस्तो ब्याजदरमा कर्जा दिन सुरु गर्यो

काठमाडौं, असोज। नबिल बैंकले नेपाल धितोपत्र बजारमा कारोबार हुने शेयरहरु धितो राखेर सस्तो ब्याजदरमा शेयर धितो कर्जा उपलब्ध गराउन शुरु गरेको छ। ५० लाख रुपैँया अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७।७५ प्रतिशतको आकर्षक ब्याजदरमा उपलब्ध गराउने नबिल बैंकले घोषणा गरेको छ। आगामी बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट […]

बैंकर्स बागलुङले वाढि पहिरो पिडितलाई आर्थिक सहयोग

असोज ०६, जैमिनि नगरपालिकामा गएको वाढि पहिरो पिडितका लागि बैंकर्स बागलुङले प्रति परिवार रु ५,००० (अक्षरुपी पांच हजार रुपैयाँ मात्र) का दरले आर्थिक सहयोग गरेको छ । बागलुङ बजारमा रहेका २८ बैंकका शाखामा कार्यरत कर्मचारीहरुबाट संकलित सो रमक जैमिनि नगरपालिकाका पिडितलाई एक कार्यक्रमका बिच बैंकर्स बागलुङका अध्यक्ष श्री दिपक शर्मा र जैमिनी नगरपालिकाका उप प्रमुख […]

राष्ट्रिय वाणिज्य बैंकको सुर्खेतको वीरेन्द्रनगरमा २४१ औं शाखा

काठमाडौं, असोज । राष्ट्रिय वाणिज्य बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं।–६ मा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखा कार्यालयको आइतबार समुदघाट्न गरेका हुन् । उक्त अवसरमा मन्त्री ज्वालाले पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक […]

बैंकर्स बागलुङ द्धारा ढोरपाटन बाढी पहिरोे पिडितका लागि रु १,०१,१११ आर्थिक सहयोग

बागलुङ असोज , गत भाद्र १७ गते ढोरपाटन नगरपालिकामा गएको बाढी पहिरोे पिडितका लागि बैंकर्स बागलुङले रु १,०१,१११ –(अक्षरुपी एक लाख एक हजार एक सय एघार रुपैयाँ मात्र) आर्थिक सहयोग गरेको छ । बागलुङ बजारमा रहेका २८ बैंकका शाखामा कार्यरत कर्मचारीहरुबाट संकलित सो रकम ढोरपाटन नगरपालिकाका नगर प्रमुख श्री देव कुमार नेपालीलाई एक कार्यक्रमका बिच […]

बैंकहरुले कमाए ५४ अर्ब, एक वर्षमा 

काठमाडौं, भदौ । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण बैंकिङ क्षेत्रको नाफा खुम्चिएको छ । मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकहरु मध्ये अधिकांशको नाफा घटेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले वाणिज्य बैंकहरुको नाफामा ८ अर्ब ६८ करोड ४९ लाख एक हजार रुपैयाँ कमी भएको जानकारी दिए । गत आर्थिक वर्ष २०७६/७७ मा २७ […]