ईसेवा फोन पे प्रा.लि को आयोजनामा इसेवा एजेन्ट परिचय तथा ५ महिनेAgent campaing सम्बन्धि १ दिने कार्यक्रम भैरहवामा सम्पन्न

  • 49
    Shares
ईसेवा फोन पे प्रा.लि को आयोजनामा इसेवा एजेन्ट परिचय तथा ५ महिनेAgent campaing सम्बन्धि १ दिने कार्यक्रम भैरहवामा सम्पन्न

ईसेवा फोन पे प्रा.लि को आयोजनामा इसेवा एजेन्ट परिचय तथा ५ महिने Agent campaing  सम्बन्धि १ दिने कार्यक्रम Hotel castel भैरहवामा मितिः २०७८/०८/२२ गते सम्पन्न भएको छ । कार्यक्रमको संचालन तथा शुभकामना दिदै इसेवा फोन पे प्रा।लि बुटवल शाखा प्रमुख गोविन्द खनालले इसेवा एजेन्टहरुको लागि लक्षित गरेर क्यास ब्याक तथा उपहारहरु प्रदान गर्ने campaing शुरु गरेको र यसबाट लाभान्दीत हुने विभिन्न उपायहरु सहित सबै सहभागीहरुलाइ professionally  रुपमा कारोबार गरे सम्भब रहेको बताउनु भयो ।

स्वागत मनतब्य राख्दै ५ महिने क्याम्पेन, ईसेवा बाटै गरिन्छ कारोबार जितिन्छ मोबाईल देखि स्कुटर अफर को बारेमा जनाकरी गराउदै ईसेवा बुटवल शाखा एजेन्ट सुपरभाईजर रबिन्द्र पोख्रेलले इसेवामार्फत बिल भुक्तानी, मोबाइल रिचार्ज, इन्टरनेट बिल तिर्न, एयरलाइन्स र बस टिकट, चलचित्र टिकट, बैंक स्थानान्तरण, स्क्यान र भुक्तानी लगायतका डिजिटल भुक्तानी सेवा लिन सकिने जानकारी गराउनु भयो। ईसेवा बाटै अन्तरास्ट्रिय हवाई टिकट, ईसेवा मनि ट्रान्सफर लगाएतका थुप्रै सेबाहरु छन जस्ले एजेन्टलाई cash back सहित तुरुन्तै काम गर्न सकिने, समयको बचत र नगद रहित कारोबार गर्न पाउँदा ईसेवा एजेन्ट धेरै खुसी व्यक्त गर्छन। अनलाइन कारोबार गर्न सिकाउने इसेवा आज सबैको आवस्यक बनेको एजेन्ट बताउछन।

कार्यक्रम समापन ईसेवा प्रदेश प्रमुख कमल सापकोटा ले गर्नु भएको थियो। उहाले एजेन्ट सपोर्ट अनि थप सर्भिसको लागि ईसेवा सधै अघि रहेको, एजेन्टको गुनासोलाइ सहजिकरण गर्दै चुनौतीहरु सहजै समाधान गर्ने बताउनु भयो।

कार्यक्रममा ईसेवा बैंक हेड आशिस गौतम ले उत्साहजनक उपस्थिति प्रति हर्ष र शुभकामना ब्यक्त गर्दै सहभागीहरुले उठाएका प्रश्नहरुको प्रत्युत्तर दिदै आगामी दिनमा प्रदान हुने सेवा सुविधालाइ थप विस्तार गर्दै जाने बताउनु भयो । कार्यक्रममा सिद्धार्थनगर, ओमसतीया , रोहिनी नगर तथा गाउंपालिका का इसेवा एजेन्टको उपस्थिती रहेको र रुपन्देहि तथा नवलपरासी जिल्ला हेर्ने बुटवल शाखाका इन्चार्ज विकास गौतमले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा इसेवा जोन अतुल भिमसारिया, छत्रपति ज्ञवालि र टोप नारायण श्रेष्ठ को विशेष उपस्थिति रहेको थियो।