कोरोनाको नयाँ भेरियन्ट फैलन सक्ने भन्दै अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा

  • 2
    Shares
कोरोनाको नयाँ भेरियन्ट फैलन सक्ने भन्दै अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा

न्युयोर्क, मङ्सिर — अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् ।
कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारेकी छन् । “पछिल्लो समयमा कोरोनाभाइरसबाट संक्रमित भएर अस्पताल भर्ना हुनेहरुको संख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो,” गभर्नरले भनेकी छन् ।

कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ । अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेकी छन् ।