वर्षाले खेतमा पाक्नै लागेको धान बालीमा क्षति

  • 260
    Shares
वर्षाले खेतमा पाक्नै लागेको धान बालीमा क्षति

कार्तिक ०१- बागलुङ ,विष्णु राज पौडेल, वर्षाले खेतमा पाक्नै लागेको धान बालीमा क्षति पुगे पछि बागलुङ जैमिनि नगरपालिकाकाय किसान चिन्तित भएका छन् ।धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पु¥याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको जैमिनि नगरपालिका -८ का कृषक गणेश पौडेलले बताए ।

धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उनले भने, “एक हप्ता दस दिनमा काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के कृषकहरुले खाने हो ।”

नगरपालिकाको छिस्ति, जैदि, अर्जेवा, विनामारे, लगायतका ठाउँमा लगाएको धानवालिमा क्षति पुगेको किसानले बताएका छन् । पानी परेसँगै जाडो पनि बढेको छ । भर्खर पसाएको धान पपटै रहने चौरका हरिवहादुर क्षेत्रीले वताए ।

रातिदेखि भएको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक हिलाम्यै भएका र दसैँका लागि घरआएका व्यक्ति कार्यक्षेत्रमा फर्किन समस्या भएको जैमिनि नगरपालिका-७ का अध्यक्ष जित वहादुर रानाले बताए “सडकमा भल बगेको छ। वर्षा निरन्तर हुने हो भने ,पहिरोले वाटो अवरुद्ध भई केही दिन “गाडी चल्न नसक्ने अवस्था आउन सक्ने रानाले वताए।
अविरल वर्षाको कारण बागलुङ, पर्वत र म्याग्दीको धानबाली उत्पादन हुने क्षेत्रहरु ठुलो मर्कामा परेको कृषकहरुले वताएका छन । वर्षा निरन्तर भइरहेको छ।