बडा दसैको आज तेस्रो दिन पनि मान्यजनबाट टीका लगाइँदै

  • 1
    Share
बडा दसैको आज तेस्रो दिन पनि मान्यजनबाट टीका लगाइँदै

काठमाडौं,असोज । आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।

विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज तेस्रो दिन पनि टीका लगाइँदैछ ।

दशैँ मनाउन गाउँ गएकाहरु काठमाडौँ फर्कन थालेका छन् । योसँगै केही दिनदेखि सुनसान देखिएको काठमाडौँ उपत्यकामा फेरि चहलपहल शुरू भएको छ ।