कोरोनाका कारण बन्द रहेको बेलहिया नाका आजदेखि सूचारु

  • 2
    Shares
कोरोनाका कारण बन्द रहेको बेलहिया नाका आजदेखि सूचारु

भैरहवा, असोज । बिगत १८ महिनादेखी बन्द रहेको बेलहिया नाका आजदेखी सुचारु भएको छ । कोभिड–१९ को कारण २०७६ चैत्र १० गते देखी नेपाल–भारत सीमा बन्द रहेको थियो । बिचमा सरकारले नाका सुचारु हुने संकते गरे पनि कोभिड दोश्रो चरण देखिए पछि सुचारु हुन सकेको थिएन् । १८ महिनादेखी लगातार बन्द भएको नेपाल–भारत नाका असोज ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले खुलाउने निर्णय गरेको थियो ।मन्त्रीपरिषद्ले निर्णय गरे पनि जिल्ला प्रशासन कार्यालयमा स्पष्ट परिपत्र नआउँदा नाका सुचारु हुन सकेको थिएन । शुक्रबार नेपालले भारतीय निजि गाडीहरु प्रवेश सुरु गरे पनि भारतीय सुरक्षा बलले त्यसलाई रोकको थियो । आईतबारदेखी भने एसएसबीले समेत नाका सहज गरेको छ । रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आजदेखी एसएसबीले पनि भारतीय गाडी नरोकेको जानकारी दिए । भारत हुँदै नेपाल भित्रिने यात्रु र पर्यटकले भने केही मापदण्ड पालन गर्नु पर्ने हुन्छ । प्रजिअ तिवारीका अनुसार नेपाली यात्रुको हकमा सीमामै सामान्य स्वास्थ्य परिक्षण गरिने र शंकास्पदलाई त्यही एन्टीजेन परिक्षणको ब्यवस्था समेत रहेको छ । एन्टिजेनमा पनि पोजिटिभ देखिएकालाई पिसिआर परिक्षण गरि नतिजा अनुसार ब्यवस्थापन गरिनेछ ।

यस्तै भारतीय पर्यटकले भने ७२ घण्टे पिसिआर रिपोर्ट देखाई सिसिएमसीद्वारा निर्धारित फारम भरेर नेपाल प्रवेश गर्न पाउने तिवारीले जनाए । उनले भारतीयको हकमा पूर्ण खोप भने अनिवार्य नरहेको जानकारी दिए । यसै गरि तेश्रो मुलुकका पर्यटकको हकमा ७२ घण्टे पिसिआर रिपोर्ट सहित कोभिड बिरुद्धको पूर्ण खोप लगाएको कागजात पनि आवश्यक पर्ने प्रजिअले जनाए भारतीय पर्यटक र यात्रु सहित निजि भारतीय सवारी नेपाल भित्रिने निर्णयले यहाका पर्यटन ब्यवसायी तथा होटल ब्यवसायीहरु हर्षित भएका छन् ।

कोभिडको कारण लामो समय देखी थला परेको पर्यटन ब्यवसाय यो निर्णय संगै अब उकासिने उनिहरुको भनाई छ । हुन त यस अघि पनि दुर्व देशका नागरिकहरु सीामाबाट आरपार गर्ने गरे पनि आफ्नै सवारी नहुदा लामो दुरी भने तय गरेका थिएनन् । अहिले आफ्नै साधनबाट नेपाल भित्रिएपछि भैरहवा तथा यस आसपास मात्र हैन अधिकांश भारतीयको रोजाईमा पर्ने पोखरा, सौराहा, काठमाडौँ लगायतका स्थानमा पनि उनिहरु पुग्ने पर्यटन ब्यवसायीको भनाई छ ।