भैरहवा विमानस्थलमा राखिने एक हजार आठ सय केजी तौल भएको बुद्धमूर्ति कोलकत्ता आइपुग्यो

  • 12
    Shares
भैरहवा विमानस्थलमा राखिने एक हजार आठ सय केजी तौल भएको बुद्धमूर्ति कोलकत्ता आइपुग्यो

भैरहवा, असोज । लुम्बिनी गार्डेन फाउण्डेशनको सहयोगमा रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने अढाई अर्ब रुपैया भन्दा बढीको बुद्धमूर्ति कोलकाता आइपुगेको छ। कोलकाताबाट नेपाल ल्याएर उक्त बुद्धमूर्तिको यहि कार्तिक १४ गते राष्ट्रपति बिद्यादेवी भण्डारीबाट अनावरण गरिने कार्यक्रम तय भएको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ । साढे दुई अर्ब रुपैयाँ भन्दा बढी मूल्यको ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति गौतमबुद्ध विमानस्थलमा राखिनेछ ।
म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन गु्रपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको उक्त बुद्धमूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहल तथा नेपाल सरकारको स्वीकृतिमा राखिने भएको हो । बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुई जना मन्त्रीसमेत आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीले जानकारी दिए । गिरीले बताए अनुसार उक्त बुद्ध मूर्ति एक दशमलव नौ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ ।

सो बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर रहेको उनले बताएका छन् । लुम्बिनी गार्डेन फाउन्डेसनले एक सय १० हेक्टर जमिनमा स्पेनमै बनाउन लागेको बुद्ध मूर्तिसहितको पार्कका लागि म्यान्मारका खानी उद्योगीले सो बहुमूल्य धातुजडित मूर्ति दिने कुरा भएको थियो । फाउन्डेसनका महासचिव एकराज गिरीले भने, ‘हामीले बुद्ध जन्मेको देशमा पहिला उक्त मूर्ति राख्न भनेपछि सोहीअनुसार योजना बनेको हो ।’म्यान्मारबाट मूर्ति ल्याउन ‘ट्रान्स्पोर्टेसन चार्ज’ मात्रै १२ हजार अमेरिकी डलर लागेको फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले बताएका छन् । उक्त मूर्ति नेपाल ल्याउँदा लाग्ने भन्सार शुल्क भने नेपाल सरकारले छुट दिएको उनले बताए ।

म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन गु्रपले स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनलाई दुई करोड १६ लाख अमेरिकी डलर ९साढे दुई अर्ब नेपाली रुपैयाँ० बराबरको उक्त मूर्ति सहयोगस्वरूप दिएको लुम्बिनीका नगरप्रमुख मनमोहन चौधरीले बताएका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलमा मूर्ति स्थापनासँगै शान्तिका प्रतीक भगवान् गौतम बुद्धका माध्यमबाट नेपाललाई विश्वभर प्रचारप्रसार गर्न थप सहयोग पुग्ने चौधरीले बताए । विदेशमा रहेका नेपाली र नेपाललाई माया गर्ने विदेशी नागरिकको सहयोगमा मूर्ति स्थापना हुन लागेको र यसले विश्वभर नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी लगाएतको टोलीले स्पेनको एक कार्यक्रममा भाग लिन गएका बेला मूर्ति राख्ने विषय औपचारिक रूपमा अघि बढेको थियो । लुम्बिनी गार्डेन फाउण्डेशनकै सहयोगमा लुम्बिनीमा १ शैया बढी अस्पताल निर्माणको तयारी थालिएको छ ।