कांग्रेस चुनाब : बागलुङ नगर सभापतिमा उमाकान्त विजयी

  • 32
    Shares
कांग्रेस चुनाब : बागलुङ नगर सभापतिमा उमाकान्त विजयी

बागलुङ, असोज। बागलुङका दश स्थानीय तहमध्ये सबैको ध्यान केन्द्रित गरेको बागलुङ नगरको निर्वाचनबाट युवा नेता उमाकान्त शर्मा ‘बाबु’ निर्वाचित भएका छन् । रामचन्द्र पौडेल पक्षका शर्माले शेरबहादुर देउवा पक्षबाट उमेद्वार बनेका कर्ण हमाललाई पराजित गरेका हुन् । खसेको ३ सय ८८ मत मध्ये शर्माले २ सय २४ मत प्राप्त गरे भने हमालले १ सय ६२ मत पाए । उप–सभापतिमा देउवा पक्षका नारायण पौडेल र पौडेल पक्षका प्रदिप गौतम बिजयी भए । पौडेलले २०१ र गौतमले २ सय मत पाएको निर्वाचन समितिले जनाएको छ । सचिवमा शर्मा प्यानलका आशिक राजभण्डारी २ सय ८ मत र कृष्ण पौडेल १ सय ९३ मत पाएर बिजयी भए । सह–सचिवमा शर्मा प्यानलकै प्रकाश किसान १ सय ८७ र सञ्जय पौडेलले २ सय ६ मत प्राप्त गरेर बिजयी भएको निर्वाचन अधिकृत अखिल नाथ शर्माले बताए ।