भदौ २० गतेबाट मनकामना केबलकार पुनः सञ्चालनमा आउने

  • 9
    Shares
भदौ २० गतेबाट मनकामना केबलकार पुनः सञ्चालनमा आउने

काठमाडौं, भदौ ।कोरोना संक्रमणको कारण देखाउँदै बन्द भएको मनकामना केवलकार आगामी आइतबारबाट पुनः सञ्चालनमा आउने भएको छ।
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर केवलकार सञ्चालन ल्याउन लागिएको मनकामना केवलकार सञ्चालक चितवन कोइका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए।

‘कोभिड-१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा यही आउँदो आइतबार भदौ २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनस् सन्चालन हुने जानकारी गराउँछौं’, उनले भने, ‘मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसारनै हुने समेत जानकारी गराउँछौं। साथै सम्पूर्ण यात्रुलाई स्वास्थ्य सुरक्षाका नियमहरू अनिवार्य पालना गरिदिनु हुन अनुरोध गर्दछौं।’
कोभिड संक्रमणको महामारीलाई ध्यानमा राख्दै कम्पनीले यसअघि देखिनै नगदरहित कारोबार इ(सेवा, फोन पे र खल्तीमार्फत टिकट काट्ने व्यवस्था गरेको छ।