गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख पदमुक्त

  • 1
    Share
गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख पदमुक्त

काठमाडौँ, साउन। राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई राष्ट्रपति भण्डारीले पदमुक्त गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले पौडेल र यादवलाई हटाउने निर्णय गरेको थियो । पौडेलको स्थानमा पृथ्वीमान गुरुङ र यादवको स्थानमा अमिक शेरचन नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो ।