प्रवुद्द समाजवादको प्रस्तावना अनि मेरो विचार

  • 273
    Shares
प्रवुद्द समाजवादको प्रस्तावना अनि मेरो विचार

प्रवुद्द समाजवादको स्थापनाको प्रमुख उद्देश्य आममान्छेको विवेक, सामाजिक चेतना, आत्मनिर्भरतामा,स्वतन्त्रता , हर कुरामा आफुलाई जिम्मेवार र सवैलाई खुसी वनाउने रहेको देखिन्छ।
स्कुल, कलेज, विश्वविद्यालयले मान्छेलाई सफलत वनाउलान तर असल नागरिक बनाउदैनन र बनाउने ग्यारेन्टी लिन पनि सक्दैनन्। समाज सुधार्न मान्छेमा चिन्तन जागरण आवश्यक छ। जतिवेला मान्छेको विवेकले मान्छेलाई मैले के गर्ने र के नगर्ने छु्ट्टाउन सक्ने वनाउछ। तेति वेलामात्रै मान्छेले आफुलाई बुद्दको मार्गमा हिडेको भेटाउछ तेहि मात्रै प्रवुद्द समाजवादको सच्चा अनुयायी हुन सक्छ।

वर्तमानमा मान्छे न एकलकाटे जीवन वाच्न सक्ने न त सामाजिक प्राणि वनेर समाजमा मिलेर बस्न सक्ने भएको छ। यसरी अवको समाज चल्न सक्दैन। त्यसैले एउटा मान्छेलाई साच्चिकै सामाजिक प्राणि वनाउन तेस्मा ज्ञान वुद्दि विवेक भरेर विवेकशील वनाउने काम प्रवुद्द समाजवादले गर्नेछ। तथ्यहिन र हावादारी कुराको पछाडि नलाग्ने, सत्य तथ्यको धारणा गराउने र आफु मात्रै हैन अरुलाई पनि सुखि र खुसि गराउने वुद्दमार्ग हो, प्रवुद्द समाजवाद ।

अरुलाई गुनासो नपोख्ने, आफ्नो समस्या आफै समाधान गर्ने हरेक समस्याको समाधान हुन्छन भनेर खोज्न सक्ने र आफ्नो अपठाराहरु र चुनौतिहरुवाट आफुलाई आफै उद्दार गर्नसक्ने आत्मनिर्भर कार्यकर्ताको परिकल्पना प्रवुद्द समाजवादले परिकल्पना गरेको छ। यस्ले व्यक्तिलाई तेस्तो सुमार्गमा लैजाने कोशिस गर्ने छ कि एउटा पनि कर्तव्य वाट उ कहिल्यै विमुख हुनेछैन ।

विचार सुन्यतावाट व्यक्तिलाई नया विचार र नया परिवर्तनको विकल्प वोकेको, प्रवुद्द समाजवाद नेपाली काग्रेसलाई मात्रै हैन आम नेपाललाई परिवर्तन र लाभ दिनसक्ने गरि उदाएको नवीन विचार हो । हत्या,हिंसा,वलत्कार, अपहरण वाट गुज्रिएको समाज र हिंसात्मक र तोडफोडको राजनीतिलाई सान्तिको वाटोमा लैजाने साथै अहिंसाका पुजारीहरु राजनीति भित्र निर्माण गर्ने विचारहो प्रवुद्द समाजवाद।
यो नवीन विचार जन्माउने विद्दान युवा दिनेश सापकोटा दाजुमा हार्दिक आभार तपाईंको विचारमा युवाहरुलाई गास्नको लागि सक्दो कसरत सधै गरिरहेछु। जय नेपाल
– विष्णु राज पौडेल

लेखक स्वतन्त्र विद्यार्थी युनियन धबलागिरि बहुमुखी क्याम्पसका सचिव हुन ।