ढुवानिकाे गाडी जैमिनिकाे एम्बुलेन्स

ढुवानिकाे गाडी जैमिनिकाे एम्बुलेन्स

जैमिनि नगर पालिकामा शनिबार २२ जनाको पिसिअार गरिएकोमा १५जनाको रिपोर्ट पाेजेटिभ अाएकाे छ।
जैमिनि नगरपालिका बागलुङले काेभिडका विरामिहरु दिनप्रतिदिन नगरपालिकामा वढदै गएकाे परिदृष्यलाई मध्य नजर गरि विरामिहरुलाई अाइपर्ने अाकस्मिक परिस्थिति मध्यनजर गरि आजबाट गाडीको व्यवस्था गरेको छ । चालक को संपर्क मोबाइल ९८५७६८५८३३३ रहेको नगर उप्रमुख लिला रानाले वताउनुभयाे ।
अहिलेसम्म भने विरामिहरु अाफ्नाे व्यवस्थापन अाफै गर्नुपर्ने भनि नगरपालिकाले कुनै व्यवस्थापन नगर्दा विरामिलाई मर्का परिरहेको स्थानीय नागरिकहरु वताउछन।
नगरपालिकामा दुईवटा गाडी ह र स्वास्थ्य केन्द्रमा एम्बुलेन्स हुदाहुदै नगरपालिका अहिलेसम्म जिम्मेवारी विहिन वन्याे । अहिले भने एउटा मालसामान ढुवानी गर्ने पिकअपकाे व्यवस्था भएको छ।
गाउँ गाउँमा ज्वरोका विरामिहरु देखिएका छन । गाडीहरुले विरामि वाेक्न मान्दैनन् न नगरपालिकाले PCR गरिदिन्छ अहिले त अन्य राेगलाग्दा पनि उपचार पाउन गार्‍हो भएकाे स्थानीय नागरिकले वताए ।
जैमिनि नगरपालिका वडा नम्बर 1,3,5,6,7,8 मा सकृय संक्रमित देखिएका छन र गाउँ गाउँमा लक्षण सहित मानिहरु विरामि भएको हुदा नागरिक हरु अातंङकित भएका छन।

साथै जैमिनि १काे स्वास्थ्य केन्द्रमा कार्यरत एक ४२ बर्षीय महिला स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि अन्यको पनि कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको सेवा बन्द भएको छ । सोमबार एक सूचना निकाल्दै स्वास्थ्य केन्द्रले अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द भएको जानकारी दिएको हो ।