धौलागिरी अस्पतालमा कोभिड-१९ प्रयोगशाला

  • 69
    Shares
धौलागिरी अस्पतालमा कोभिड-१९ प्रयोगशाला

बागलुङ, बैैशाख । धौलागिरी अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि पीसीआर मेसिन जडान गरिएको छ । सरकारले प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको झण्डै ६ महिनापछि अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला तयार भएको हो । योसँगै धौलागिरीका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाइरस सङ्क्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

परीक्षण सकिएलगत्तै कोरोना नियमीत काम थालिने अस्पताल प्रमुख सुपरिटेण्डेन्ट डा शैलेन्द्र बिक पोख्रेलले जानकारी दिए । पोख्रेलले भने, ‘सम्भवतः यही सातादेखि बागलुङबाट कोरोना परीक्षण गरिने छ ।’

मेसिनबाट एक दिनमा ७० जनाको परीक्षण हुने डा पोख्रेलले बताए । कोरोना परीक्षणको लागि चार प्राविधिकले काम गर्नेछन् ।

मेसिन जडान गरिएसँगै बागलुङ, पर्वत र म्याग्दीका नागरिक लाभान्वित हुनेछन् भने कोरोनाको रिपोर्ट प्राप्त गर्न लामो समय कुर्नु पर्ने बाध्यता हट्नेछ । सङ्घ र गण्डकी प्रदेश सरकारको झण्डै एक करोड लगानीमा प्रयोगशाला तयार भएको हो । रासस