जिल्ला खेलकूद विकास समिति अध्यक्षमा कुमार खड्का

  • 14
    Shares
जिल्ला खेलकूद विकास समिति अध्यक्षमा कुमार खड्का

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश खेलकुद परिषदलाई पूर्णता दिए संगै बागलुङमा कुमार खड्का काे , अध्यक्षतामा खेलकुद विकास समिति विस्तार गरेको हाे।

प्रदेश सरकरले गण्डकी प्रदेश परिषदलाई पूर्णता दिएसंगै बाग्लुङ नगरपालिका का खड्कालाई अध्यक्षमा मनोनित गरिएको हो । यस्तै उपाध्यक्षमा बाग्लुङ नगरपालिका कै लोकेन्द्र केसी, सचिवमा जैमिनि नगरपालिका वाट तारा शर्मा र लगायत कोषाध्यक्षमा कल्पना श्रेष्ठलाई मनोनित गरेको हो ।

यसै गरी मुस्ताङ जिल्लाको अध्यक्षमा मिनकुमारी शेरचन, सचिव बिनोद वि.सी, पर्वत जिल्लाको अध्यक्षमा हर्कमान गुरुङ, सचिव अदित गुरुङ मनोनित हुनभएको छ भने म्याग्दी जिल्लाको अध्यक्षमा दिनेश खत्री, सचिव तारामान रोक्का मनोनित हुनुभएको हो ।