बेलहिया सिमानाका खुल्यो

  • 6
    Shares
बेलहिया सिमानाका खुल्यो

भैरहवा, फागुन। भारतिय बजार सुनौली तर्फ जादै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महिलामाथि अभद्र व्यवहार गरेपछि बन्द रहेको सिमानाका बेलहिया दुई देशका शुरक्षा प्रमुखको समझदारी पछि खुलेको छ।

सुनौली जादै गर्दा बेलहियाकी एक महिलालाई भारतिय शुरक्षाकर्मीले चेकजाँचका नाममा ती महिलाको कपडा च्यादिएपछि सिमानाका बेलहियामा तनाव सृजना भएको थियो।

भारतिय शुरक्षाकर्मीको ज्यादती पछि नेपाली पक्षको ठुलो सङख्यामा उपस्थित हुदै नाका घेराउ गरेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा महाराजगंजका शुरक्षा प्रमुख डि।एम र एस।पि सहितले छलफल गरेका थिए।

छलफलमा महिलामाथि भएको अभद्र व्यावहारका बिषयमा आबश्यक अनुसन्धान गर्ने तथा सिमा क्षेत्रमा देखिएको सामान्य घटनालाई सामान्य ढङगले नै समाधान गर्ने गरी समझदारी भएपछि नाका खुलेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए। उनले ईलाका प्रहरी कार्यालय बेलहियामा दुई देशका शुरक्षाप्रमुखको छलफलमा दुई पक्षले आआफ्ना देशमा देखिएका असमझदारी हटाउने सहमति गरिएको बताए।

समझदारी पछि अहिले नाका पुर्ण रुपमा सुचारु भएको छ। स्थानिय महिला माथि भएको अभद्र व्यावहारको बिरोधमा सयौंको सङख्यामा सिमा नाका बेलहियामा स्थानिय जम्मा भएर बुधबार साझ दुई घण्टा बढी नाका पुर्ण रुपमा बन्द गरेका थिए।