स्थानीयको बिरोधका बिच मोतिपूर औद्योगिक क्षेत्र सिलान्यास : मन्त्री पौडेलमाथि ढुंगा प्रहार

  • 5
    Shares
स्थानीयको बिरोधका बिच मोतिपूर औद्योगिक क्षेत्र सिलान्यास : मन्त्री पौडेलमाथि ढुंगा प्रहार

बुटवल, फागुन। स्थानीयको बिरोधका बीच रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको अर्थमन्त्री तथा नेकपा ओली समुहका महासचिव बिष्णु पौडेलले शिलान्यास गर्नुभएको छ । औद्योगिक क्षेत्रको सिलान्यासको तयारी पछि स्थानीयले आफूहरुको भोगचलनमा रहेको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै त्यसको बिरोध गर्दै आएका थिए । बिरोधको सामना गरेर सिलान्यास गर्न पुगेका पौडेलमाथि सम्बोधनका क्रममा ढुंगा प्रहार भएको हो ।
करिव ८ सय विगाहामा निर्माण गर्न लागिएको मोतिपूर औद्योगिक क्षेत्रमा आफूहरुले भोगचलन गर्दै आएको जग्गा समेत पर्नेभएपछि स्थायनीले त्यसको बिरोध गर्दै आएका थिए । शुक्रबार सिलान्यासको तयारी भएपछि स्थानीयले बिहानै देखि त्यस क्षेत्रमा नारावाजी गरेका थिए । प्रहरी घेराभित्र रहेर मन्त्री पौडेलले सिलान्यास गरिरहँदा बाहिर चर्को नारावाजी भएको थियो ।औद्योगिक क्षेत्र सिलान्यासका लागि त्यस क्षेत्रमा पुगेका मन्त्री पौडेलले प्रहरी घेराभित्रबाट स्थानीयको भिड छिचोलेर सिलान्यास स्थलमा पुग्नु भएको थियो । सिलान्यासपछि सम्बोधन गर्न पोडियममा पुगेका पौडेललाई लक्षित गरेर मञ्चमै ढुंगा प्रहार भएपछि मन्त्री पौडेलले मञ्च छोडेर भाग्नु परेको थियो । ढुंगा प्रहारबाट प्रहरी र स्थानीय गरि १२ जना भन्दा बढी घाईते भएको स्थानीयले बताएका छन् ।सिलान्यास कार्यक्रममा उद्योगमन्त्री लेखराज भट्टले बिकास निर्माणमा अवरोध नगर्न आग्रह गर्दै मोतिपूरमा बिरोध हुन्छ भने सुदुरपश्चिममा स्वागत गरिने बताउनु भयो । त्यस्तै औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडका अध्यक्ष नन्दबहादुर बस्नेतले औद्योगिक क्षेत्रको बारेमा जानकारी गराउनु भएको थियो । उहाँका अनुसार मोतिपूर औद्योगिक क्षेत्र निर्माण गर्दा करि २ हजार ३ सय घर परिवार प्रभावित हुने बताउँदै त्यसलाई सरकारले सम्बोधन गर्नुपर्ने भनाई राख्नुभएको थियो ।
तर स्थानीयले भने ४ हजार भन्दा बढी परिवार प्रभावित हुने भन्दै उपर्युक्त विकल्प दिएर मात्रै औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउन आग्रह गरेका हुन् ।
लगत्तै पौडेलले शिलान्यास गरेको स्थानमा स्थानीयले सिलापत्र भत्काईदिएका छन् भने मञ्च वरिपरि आगजनी समेत गरेका छन् । मोतिपूर औद्योगिक क्षेत्र सिलान्यास भएपछि त्यस वरपर तनावको स्थिती देखिएको छ ।