दीपिका निकै लोकप्रिय

  • 6
    Shares
दीपिका निकै लोकप्रिय

एजेन्सी, मुम्बाई।  बलिउड उद्योगमा अभिनेत्री दीपिका पादुकोण अहिले निकै लोकप्रिय छिन्। उनको पहिलो फिल्म ‘ओम शान्ति ओम’ हो। यो फिल्म उनलाई अभिनेत्री मलाइका अरोडाका कारण प्राप्त भएको थियो ।

बलिउडमा स्थापित हुन जति कठिन छ, त्यति नै कठिन छ यो क्षेत्रमा पाइला टेक्न। दीपिकाले पनि यो क्षेत्रमा पाइला राख्न निकै चक्कर लगाइरहेकी थिइन्। तर उनलाई फिल्म मिलिरहेको थिएन।

फिल्म ‘ओम शान्ति ओम’का लागि मलाइका अरोडाले दीपिकालाई प्रस्ताव गरिदिएपछि उनको भाग्य एकाएक चम्कियो। उनको पहिलो फिल्म नै सुपरहिट भयो। स्मरण रहोस्, सो फिल्ममा प्रियंका चोपडादेखि सुस्मिता सेनसम्मलाई लिइने योजना भए पनि अन्त्यमा दीपिकालाई लिइएको थियो।

दीपिका उक्त समयमा फेसन डिजाइनरसँग काम गर्थिन्। फेसन डिजाइनरले मलाइकालाई दीपिकालाई फिल्म दिन गरेको आग्रह गरेका थिए।