लोक गाएक सन्तु थापाको पन्चेबाजा गीत बजारमा

  • 12
    Shares
लोक गाएक सन्तु थापाको पन्चेबाजा गीत बजारमा

 

लोकप्रिय गायक तथा सर्जक सन्तु थापाको पञ्चेबाजा गीत लाहुरेदाईलाई दर्शकमाझ आएको छ । गायक थापाले आफ्नै यूट्युब च्यानल सन्तु थापा बाट गीत सार्वजनिक गरेका छन् । गीतमा थापाको साथै लोकप्रिय गायिका समिक्षा अधिकारीले स्वर दिएकी छन्। गीतको शब्द रचना अनिल दवाडीले गरेका हुन् भने गीतमा संगीत खेम सेञ्चुरीले दिएका छन् ।
भिडियोमा निर्देशन् स्वयमले थापाले गरेका छन् ।
सालैजो, आधुनिक गित, सोरठी गीत, कौराहा गीत, लोकपप, पञ्चेबाजा, तीज गीत, लोकदोहारी लगायतका थुप्रै विधामा स्वर दिएका थापाका यस अघि दर्जनौं गीत चर्चामा आएका थिए । लोकसंगीतका विभिन्न विधामा स्वर दिएका थापा भर्सटाईल गायकको रुपमा परिचित छन् । गुल्मीको तम्घासमा जन्मिएका थापा सानै देखि गीत गाउन मन पराउथे । यो क्षेत्रमा लाग्दा सुरुका दिनमा निकै संघर्ष गर्नु परेको थापाको अनुभव रहेको छ । दर्शकस्रोताको मायाले विगतका दुख पिडा पनि भुल्दै गएको थापा बताउँछन् । नेपाली मौलिक लोकसंगीतमा महत्वपूर्ण योगदान दिएकै कारण थापालाई विभिन्न सम्मान तथा अवार्ड प्रदान गरिएको छ ।
भिडियो