पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • 3
    Shares
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, फागुन । एक सातामै पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार (आज राति १२) बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको हो ।मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ । साथै, हवाई इन्धनको मूल्य ६७ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको मूल्य बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।

त्यसोत, गत माघ २८ गते बुधबार मात्रै पनि आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो ।