इटलीका प्रधानमन्त्रीले राजीनामा दिँदै

  • 3
    Shares
इटलीका प्रधानमन्त्रीले राजीनामा दिँदै

एजेन्सी,  माघ । इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले राजीनामा दिन लागेका छन्
कोरोना भाइरस महामारी नियन्त्रण गर्न नसकेको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले राजीनामा दिन लागेको जनाइएको छ ।

कोरोनाबाट इटलीमा ८५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ । बीबीसीका अनुसार सिनेटमा स्पष्ट बहुमत हात पार्न नसकेका प्रधानमन्त्री कोन्टेले राष्ट्रपतिबाट अर्को बलियो सरकार गठन गर्ने अनुमति पाउने अपेक्षा गरेका छन्।

कोन्टेले सन् २०१८ देखि दुई पटक गठबन्धन सरकारको नेतृत्व गरेका छन्। गत साता उनी तल्लो सदनमा अविश्वासको प्रस्तावबाट जोगिन सफल भएका थिए। सिनेटमा उनले आफ्नो पक्षमा समर्थन जुटाउन सके पनि स्पष्ट बहुमत भने नपाएको बताइएको छ ।