रुपन्देहीमा आज थपिए १५८ जना नयाँ कोरोना संक्रमित

  • 7
    Shares
रुपन्देहीमा आज थपिए १५८ जना नयाँ कोरोना संक्रमित

बुटवल, कात्तिक । रुपन्देहीमा आज पनि १५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्थास्थ्य कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा बढी जिल्लाको तिलोत्तमा नगरपालिकामा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिनेहरुमा बुटवल उपमहानगरमा ४५ जना, सिद्धार्थनगरमा ३९ जना, देवदह र सियारीमा ५।५ जना, रोहिणीमा ४ जना, कोटहिमाई र सैनामैनामा ३।३ जना तथा मायादेबीमा १ जना रहेका छन् ।

आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ४६८६ पुगेको छ । जिल्लामा ४९ जनाको मृत्यु भएको छ ।