प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ

काठमाडौं, असोज । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ जिल्लाको भालुवाङ बनाउने सहमति जुटेको छ । प्रदेश ५ सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले स्थायी राजधानी भालुवाङ  बनाउने निर्णय गरेको हो ।

यसअघि नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का शीर्ष नेताहरुले प्रदेश ५ को स्थायी राजधानी भालुवाङलाई बनाउने पक्षमा सहमति जुटाइ सकेका थिए ।मन्त्रीपरिषदको यो निर्णयसँगै भालुवाङ बजारलाई केन्द्रमा बनाएर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई समावेश गरेर प्रदेशको राजधानी बन्ने भएको छ ।