रसुवागढी नाकाबाट सामान आयात सुरु

  • 4
    Shares
रसुवागढी नाकाबाट सामान आयात सुरु

रसुवा, असोज। बुधबारदेखि रसुवागढी नाकाबाट पुनस् सामान आयात हुन थालेको छ । तीन सातादेखि नाकाबाट सामान आयात ठप्प भएको थियो । कोरोना कारण माघ १५ गतेदेखि ठप्प भएको नाका जेठ महिनाबाट सञ्चालनमा आएको थियो ।
सामान लोड तथा अनलोड गर्ने मजदुरमा कोरोना पोजिटिभ देखिएपछि तीन सातादेखि सामान आयात रोकिएको थियो । नाकाबाट बुधबारदेखि पुनस् सामान आयात हुन थालेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । ुचिनियाँ पक्षले बुधबार एक कन्टेनर सामान मितेरी पुलसम्म ल्याइदिएका छन्,ु उनले भने ।

बुधबार आयात भएको सामान मेडिकल सामाग्री रहेका छन् । जेठयता चीनबाट दैनिक ४ कन्टेनर सामान आउने गरेको थियो । सामान आयातमा वृद्धि गर्न नेपाली पक्षले चिनियाँ पक्षलाई पटक पटक अनुरोध गर्दै आएको छ ।

ल्हासाबाट आएका चिनियाँ प्रतिनिधिले बुधबार रसुवागढी नाकाको अवलोकन गरेको छ । उनीहरुले नेपालतर्फ सामान झर्ने ठाउँको अवलोकनले गरेर फर्केका छन् । चिनियाँ पक्षले दुई सिफ्ट गरेर सामान आयात वृद्धि गर्ने बताएका छन् । त्यसैका लागि स्थानको अवलोकन गर्न चिनियाँ अधिकारीहरु आएको भन्सार कार्यालयले बताएको छ ।