बैंकर्स बागलुङ द्धारा ढोरपाटन बाढी पहिरोे पिडितका लागि रु १,०१,१११ आर्थिक सहयोग

  • 58
    Shares
बैंकर्स बागलुङ द्धारा ढोरपाटन बाढी पहिरोे पिडितका लागि रु १,०१,१११ आर्थिक सहयोग

बागलुङ असोज , गत भाद्र १७ गते ढोरपाटन नगरपालिकामा गएको बाढी पहिरोे पिडितका लागि बैंकर्स बागलुङले रु १,०१,१११ –(अक्षरुपी एक लाख एक हजार एक सय एघार रुपैयाँ मात्र) आर्थिक सहयोग गरेको छ ।


बागलुङ बजारमा रहेका २८ बैंकका शाखामा कार्यरत कर्मचारीहरुबाट संकलित सो रकम ढोरपाटन नगरपालिकाका नगर प्रमुख श्री देव कुमार नेपालीलाई एक कार्यक्रमका बिच बैंकर्स बागलुङका अध्यक्ष श्री दिपक शर्माले संकलीत रकम दैविक प्रकोप राहात कोष ढोरपाटन नगरपालिकाको खातामा जम्मा गरि नगद जम्मा भैचर हस्तान्तरण गर्नु भएको हो ।

सो कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगर प्रमुख श्री देव कुमार नेपालीले राहत पारदशी रुपमा पिडितको हातमै पु¥याउने प्रतिवद्धता जनाउनु भयो । बाढीले अकल्पनीय क्षती पु¥याएको ढोरपाटन बासीलाई थोरै भएपनि सहयोग पुगोस भन्ने हेतुले रकम संकलन गरी हस्तान्तरण गरेको बैंकर्स बागलुङका अध्यक्ष श्री दिपक शर्माले जानाकारी दिनुभयो ।

उक्त राहत हस्तान्त्रण कार्यक्रममा बैंकर्स बागलुङका अध्यक्ष श्री दिपक शर्माको अध्यक्षता, उपाध्यक्ष श्री उपेन्द गौतमको स्वागत तथा सचिव श्री ओम प्रकाश पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।