रिना के.सी. को आवाजमा बाटैमा भाईरस ट्रेन्डिङमा

रिना के.सी. को आवाजमा बाटैमा भाईरस ट्रेन्डिङमा

केहि समय अगाडी मात्रै बजारमा आएको“भगेरी चरि” ले छोटो समयमा नै चर्चाको सिखरमा चढन सफल भएको छ । यसै सन्दर्भमा नेपालीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा हरितालिका तिजको शुभकामना सहित ”माइत जाने बाटैमा भाइरस” सार्वजनिक भएको छ । विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासलाई मध्यनजर गर्दै तीज गीतमा यो वर्ष नेपाली चेलीबेटिहरुले भोग्नु पर्ने बेदना व्यक्त गरिएको छ । यो न्युज तगार पार्दा सम्म युटुब ट्रेन्डिङ १५ मा आएको छ ।

डिजिटल स्टार पोखराको यूटुव च्यानलबाट सार्वजनिक गरिएको गीतमा रिना के.सी.को स्वर, शिव अखेलीको शब्द, गोविन्द पौडेलको संगीत, तारानाथ आचार्यको एरेन्ज रहेको छ। गणेश सापकोटाको छायांकन रहेको गीतको म्यूजिक भिडियोको निर्देशन तारानाथ आचार्यले गरेका छन्। म्यूजिक भिडियोमा बुद्धि खनाल, माया गिरी, राजेन्द्र कुँवर, दीपक पौडेल, दिपीका क्षेत्री, सुमन के।सी, देवी पराजुली लगायतका कलाकारहरुको अभिनय रहेको छ।

पुरा भिडियो हेर्नुहोस