राधिका हमाल र राजेन्द्र कँडेलको स्वरमा सजिएको दिदिभाइ बोलको गित सार्वजनिक

  • 105
    Shares
राधिका हमाल र राजेन्द्र कँडेलको स्वरमा सजिएको दिदिभाइ बोलको गित सार्वजनिक

काठमाडौं, असार। महिलाहरूको महान् पर्व तीज नजिकिएसँगै बजारमा तीज सम्बन्धी विभिन्न गीतहरू सार्वजनिक भएका छन् . कोरोना कहरका बिचपनि तीज नजिकिदै गर्दा यतिबेला राधिका हमाल र राजेन्द्र कँडेलको आवाजमा रहेको तीज गीत दिदिभाइ बजारमा आएको छ । निर्मला सुवेदीको शब्द रहेको गीतमा राजेश बर्देवाको संगीत रहेको छ भने ओबि रायमाझी र शोभा त्रिपाठिले अभिनय गरेका छन् । गीतमा लामो समयपछि परदेशबाट स्वदेश आएको भाइ क्वारेन्टाइनमा बस्नु परेको र तीजमा आफ्नो दिदिबहिनी अर्थात चेलिबेटी लिन जान नपाएको र उता माइतिको बाटो हेरेर बसेकी चेलिको ब्यथा कथा समावेश गर्न खोजिएको छ ।
यो गीतलाई बिक्रम चौहानले निर्देशन, प्रकाश खड्काले छायांकन र मिलन बिश्वकर्माले सम्पादन गरेका छन् ।

पुरा भिडियो हेर्नुहोस :–