लकडाउन मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै, के होला निर्णय

लकडाउन मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै, के होला निर्णय

काठमाडौं, जेठ । चर्चाको विषय बनेको तर अनिर्णित रहेको लकडाउन मोडालिटी फेर्ने बारे छलफल गर्न आज फेरि मन्त्रिपरिषद बैठक बोलाइको छ ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा समसायिक विषयका साथै लकडाउनको मोडालिटीबारे पनि छलफल हुने बताइएको छ ।

कोभिड(१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र । कोभिड(१९ क्राइसिस म्यानेजमन्ट सेन्टर ९सीसीएमसी० ले तयार गरेका लकडाउन मोडालिटी बारेका प्रस्ताव मर्ज गरेर सोही अनुसार मन्त्रिपरिषदले निर्णय लिन सक्ने बताइएको छ । समितिले दुई हप्ताको एक चरण हुनेगरी गरी पाँच चरणमा लकडाउन खुकुलो बनाउँदै जाने प्रस्ताव तथा सेन्टरले ६ चरणमा लकडाउन खुकुलो गर्ने प्रस्ताव यसअघि नै सरकारलाइ बुझाएका छन् ।

मुलुकमा संक्रमणका घटना झन बढिरहेको बेला लकडाउन खुकुलो बनाउन नहुने पक्षमा प्रधानमन्त्री केपी ओली रहेको बुझिन्छ । तर लामो लकडाउनले जनजीवन झनै कष्टकर भएको भन्दै तीव्र असन्तुष्टि र लकडाउन उल्लंघनका घटना बढ्न थालेका छन् ।

सरकारले गत चैत ११ गतेदेखि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालभर लकडाउन घोषणा गरेको थियो । यसको पछिल्लो अवधि जेठ ३२ सम्म कायम छ ।