एकै दिनमा कोरोनाबाट इटलीमा ४९ जनाको मृत्यु

एकै दिनमा कोरोनाबाट इटलीमा ४९ जनाको मृत्यु

काठमाडौं, फागुन । इटलीमा कोरोना भाइरसका कारण २४ घन्टामा मात्रै ४९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ । कोरोनाको प्रकोप सुरु भएयता संक्रमणका कारण एकैदिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ०का अनुसार डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म एक लाख बढी मानिस संक्रमित भएका छन् भने तीन हजार बढीको मृत्यु भएको छ । जसमध्ये तीनमा मात्र ८० हजारबढी संक्रमित भएका छन् भने तीन हजार बढीको ज्यान गएको छ । डब्लूएचओले कोरोना भाइरसको रोकथामलाई उच्च प्राथमिकतामा राख्न सबै देशलाई अपील गरेको छ । इटलीका अधिकारीले शुक्रबार कोरोनाका कारण मृत्यु हुनेको सख्ंया सबैभन्दा बढी पुगेको घोषणा गरेका थिए ।