जैमिनी नगरपालिकाका मेयर चर्चामा

जैमिनी नगरपालिकाका मेयर चर्चामा

बाग्लुङ, फागुन । बाग्लुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल यतिबेला सामाजिक सञ्जालमा चर्चामा रहेका छन् ।
उनी चर्चामा रहनुको कारण एउटा तस्वीर हो ।
लाइनै उभिएका आठ जना मध्ये मेयर पौडेल टेबलमाथि उभिएका छन् । सामाजिक सञ्जालमा भेटिने तस्वीरमा उनले सलामी दिइरहेको पाउन सकिन्छ ।
प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७६ को उद्घाटन समारोहमा प्रमुख अतिथि भएर गएका मेयर पौडेल मार्च पास गर्दैआएका खेलाडीलाई सलामी फर्काउन टेबुलमाथि चढेका हुन् ।
आयोजकको भनाईलाई मान्दै आफू टेवलमा चढेको उनले बताएका छन् तर सामाजिक सञ्जालमा भने उनको चर्को आलोचना भइरहेकोछ ।
केही महिना अघि पनि विभिन्न जनप्रतिनिधि पिर्के, टेबुले सलामी लिएका कारण आलोचनाको पात्र बनेका थिए ।