तिम्रो मेरो सुन्दर बिहानी अझ बलियो भएर आउनु पर्छ

तिम्रो मेरो सुन्दर बिहानी अझ बलियो भएर आउनु पर्छ

 

साँझले जबरजस्ती अध्यारो बनाएर के भो त, भोलिको सुन्दर बिहानीसँगै अझ बलियो र अझ हिम्मतवाला भएर आउनुपर्छ । तिमी हामी जो संसारमा आएउ यो सुन्दर संसार तिम्रो हाम्रो लागि त होनि हैन ररु समाजले के कसरी सिकाउछ त्यसलाइ परिस्कृत र परिमार्जन गर्दै सुनौलो बिहानीका किरण छर्न सक्नुपर्छ जुन तिम्रो हाम्रो कर्तव्य अनि दायित्व पनि त हो । संसार कति बिचित्र छ है, कोहि यहि संसारमा जन्मन पनि नपाइ गर्भमै इह लिला समाप्त हुन्छ , कोहि सुन्दर यो संसारलाई सानो आखि झ्यालबाट चिहाउन मात्र के पाएको हुन्छ सकिन्छ त कतिपय यहि संसारमा हुर्कदै चुरबुराउदै लाउला खाउला भन्ने उमेर मा विलिन हुन्छ तर तिमी हामी त त्यस्तो छैनौ नि । अब तिमी हामीले यो समाजको मुहार फेर्न सक्नुपर्छ समाजमा सबैलाई उदाहरणीय बन्दै भावि पुस्ताले स्यालुट गर्न सक्ने बन्नु पर्छ ।
समाजमा तिम्रो हाम्रो मेहनतले धेरै भन्दा धेरै मानिसलाइ नया जीवन दिन सक्नुपर्छ जीवन दिनु भनेको खान लाउन र बस्न दिए मात्र हुने होइन बरु उसलाइ सफल हुने उपाय दिएर हुने हो संसार मा रमाउन सिकाएर हुने हो नकि एकै छिनका नारा र कोरा कल्पनाले भाषण ले मात्र हुदैन । संसारमा तिमी र हामी लाइ जसरी जन्म दियो नि यो एउटै कारणले दिएको हो समाजमा शान्ति सद्भाव र सहकार्यको निम्ति दिएको हो । समाजमा तिमी र हामीले गर्ने हरेक कार्यमा मतभेद गरेको छ जसलाइ चिर्न सक्नुपर्छ , परिमार्जन र परिस्कृत गर्न सक्नुपर्छ तिम्रो काम मेरोर हाम्रो काम बन्नु पर्छ । मेरो काम तिम्रो हाम्रो काम बन्नु पर्छ भलै प्रकृति ले जन्मजात दिएको केहि विषयहरु परिवर्तन सम्भव छैन तर ९९५ कामहरु परिवर्तन र परिस्कृत गर्दै सगै रमाउने वातावरण वनाउनु पर्दछ जुन कुरा तिम्रो मात्रै अठोटले वा मेरो मात्र अठोटले सम्भव छैन तर सम्भव छ जहा तिमी र म सगै हुन्छौ र हामी र हाम्रो बनाउन सक्छौ नि त्यति बेला असम्भव के पो होला र रुरु हो यो जो विषयमा हामी पछाडि फर्कने अधिकार छैन अगाडी बढ्ने हिम्मत गर्नुपर्छ सम्भव छ, सकिन्छ । यो समाजमा केही चर्का परिवर्तन का नारा लगाउने तर व्यवहार मा पश्चगामि हरुको कमि त छदै छैन जसले ( तिमीले गर्ने काम लाइ मैले गरेँ भने वा मैले गर्ने काम तिमीले गरेउ भने विभिन्न उपमा झुडाउछन अनि नारा लगाउछन परिवर्तन को खैर छोडिदेउ भन्नेहरुलाइ तर परिवर्तन तिमी र म बाट हुने हो । सुन्दर बिहानी ल्याउने हो ।
समाजमा तिमिलाइ गर्न भनेर बनाइएका तर तिम्रो हाम्रो र समाजमाअबरोध खडा गर्ने बन्धनहरुलाइ गास्न नमिल्नेगरी चुडाल्ने हो , छिन्नभिन्न बनाउने हो किनकि संसार बदल्नु छ परिमार्जन गर्दै सुन्दर बिहानी अगाल्नुछ । सचेत रहनु पर्छ साच्चिकै समाजमा राम्रो सम्पदा र असल कामहरुको बाडफाड छ भने अगाल्नुपर्छ फैलाउनु पर्छ । तर समाजको गतिमा धावा बोल्नहरुलाइ गन्ति नगरी सकाउनुछ । किनकि फेरी संसार त बदल्नु छ । संसार बदल्नको लागि तिमी हामी पनि त बदलिनु पर्छ नि । जसरी साझले जबरजस्ती अध्यारो ल्यायो त्यसरी बिहानी ले जबरजस्ती उज्यालो ल्याउछ अब हाम्रो प्रयत्नले सुन्दर उज्यालो बिहानी ल्याउनु छ । काम सगसगै मिलेर गर्ने हो सुन्दर बिहानी पनि सबैलाई अनुभव गराउने हो हिम्मत एक दुइ जनाले गर्नै पर्छ । संसार बदल्ने र सुन्दर बिहानी ल्याउने हामी र हाम्रो पुस्ताले हिम्मत नगरेर कसले गर्ला र ।
अब म तिमी ले गर्ने कामको आधा हिस्सा सगै गर्न सघाउछु भनेर अगाडी सरिन भने वा तिमी मेरो कामको आधा हिस्सा म पनि सगै गर्छु भनेर अगाडी नसरे कसरी होला परिवर्तन कसरी होला सुन्दर बिहानी होइन र रुरु तिमी ले भात पकाउदै गर्दा मैले के तरकारी वनाउन हुदैन र रु तिमी ले कपडा सरप मा भिजाउदै गर्दा मैले पानीमा कपडा धुनु हुदैन ररुरुरुतिमी ले घर बगैचा सफा पार्दा मैले सगै सघाउन हुदैन र रुरु तिमी ले दुखि गरिबलाइ सहयोग गर्दा मैले पनि सहयोग गर्न हुदैन र रु हुन्छ नि त ।
अनि यो समाजलाइ रूपान्तरण गर्ने अभियानमा मैले पनि धेरै थोरै सहयोग गर्न सक्दिँन र रु सक्छु नि तर तिम्रो हाम्रो समाजले अनेकन कुरा काट्न सक्छ र काट्छ तर यो संसारलाई सानो कुराबाटै हामिले परिवर्तन गर्ने सुरुवात गर्नुपर्छ होइन ररुरु यसका लागि पहिले म आफै हो नि वदलिने त अनि तिमी हामी नै होनित बदलिने जसले गर्दा समाजमा अरुलाइ बदल्न सहयोग पुगोस । के हाम्रो आमाले गरेको काम वा महिलाहरु ले गर्ने काम मा हामी पुरुषले सहयोग गर्दैमा बिग्रन्छौ र रु के कुनै काम महिलाले मात्र गर्नु पर्ने पुरुषले गर्न नहुने भनेर कुनै शास्त्र मा लेखेको हुन्छ र हुदैन नत पुर्विय शास्त्र मा छ नत पस्चिमाहरुमा, समस्या त बरु हाम्रो दृष्टिकोण र चिन्तन मा हो । यो हाम्रो दृष्टिकोण र चिन्तन लाइ जरै बाट नउप्काए सम्म नत हाम्रो सुन्दर बिहानी आउछ नत समाजको परिवर्तन हुन्छ अब सोच्ने हामी आफैले हो ,परिवर्तन गर्ने आफैबाट हो शुरु अब म बाट गर्नुपर्छ । यो पुरुष प्रधान समाजबाट मातृ प्रधान मात्र समाज बनाउने अभियान भन्दा पनि परिस्कृत र सुन्दर सु(सभ्य समाज निर्माण र सुशास सहितको राष्ट्र निर्माण हाम्रो अभियान हो भनेर हामी पुरुषले बुझ्ने कहिले रुरु अझै पनि बजार को चोक चोकमा महिलाहरु को कहाली लाग्दो अबस्था छ , जातिय हिसाबले पनि त्यस्तै दर्दनाक अबस्था बजार को चोक चोकमा पाइन्छ भने अझै दुर दराजमा कस्तो अबस्था छ होला ,कल्पना गरौ ।
समाज अहिले पनि जातिय, धार्मिक , सांस्कृतिक , लैङ्गिक आदि विभिन्न हिसाबले कति विभाजित र विभक्त छ भनेनि सबै कुरा न कसैले भनेर सक्छ न त कसैले देखेर लेखेर सक्छ। लाग्छ घरि घरि यो समाज यो राष्ट्र कति विविधताले भरिपूर्ण छ यहि विविधता को भरिपूर्ण लाइ समाजमा केहि व्यक्ति तथा समुहको स्वार्थ ले कसरी अन्याय अत्याचार गरिरहेको छ एकातिर भने अर्को तिर यसैमा टेकेर लैङ्गिक धार्मिक सांस्कृतिक तथा जातिय कुरालाइ समाएर ठुलो ठुलो पद लिने र आफ्नो उक्त विविधता लाइ तिलान्जलि दिनेको पनि कमि छैन। भने फेरी हामी पनि तिनैको पछि लागेर हो रैछ क्यार भनेर लहडमा बहस र तर्क गर्न पछि परिरहेका छैनौ । यसमा पनि त तिम्रो हाम्रो प्रयत्न ले मात्र सुन्दर बिहानी आउछ नभए त उहि श्राद्द मा विरालो बाधे जस्तै त हुन्छ नि । यसकारण पनि तिम्रो हाम्रो साझा प्रयत्नले सगसगै भएर सुन्दर बिहानी ल्याउने हो र उक्त सुन्दर बिहानी को सुनौला किरण सगै स्वर्णिम अक्षरले आफ्नो नाम पोत्नु पर्छ र साझले जबरजस्ती पारेको अध्यारो लाइ सकाउदै सुन्दर बिहानी मा रमाउने हो ।
समाज पनि कति स्वार्थी छ हगि तिज तिहार आउछ कयौ चेलि हरु तिजमा र तिहारमा पनि रक्सि खाएर बसेको बुढो र छोराछोरी स्याहारेर सबै दिदी बहिनी माइत जादा रुदै बस्नुपर्ने, त्यहि पुरुष दशै जस्ता चाडबाड आउछ अनि सुटबुट कसेर ससुरालि वा मावलि दौडन्छ। उसलाइ यति पनि ज्ञान छैन कि त्यहि महिला जो श्रीमती छ उसैलाइ बिहे गरेर ल्याउनाले आफु ससुराली जान पाएको हो , त्यहि महिला जसले जन्म दिइन र संसार देखाउन दुख गरिन उसैलाइ पीडा दिइ बसेर फेरी फुर्तिकासाथ ससुराल वा मावल जान्छ । त्यहि पुरुष हो जसले एक महिला मन परेन भने बिभिन्न लान्छना लगाउछ र अर्की ल्याउछ तर समाज मौन रहन्छ तर त्यहि नारी हो जसले त्यस्तो पुरुषलाइ सधैभरी उसैलाइ स्याहारसुसार गरेर जीन्दगी व्यतित गरिरहेकी हुन्छिन्। फेरी यहि समाज हो त्यहि नारीलाइ यस्ती र उस्ति भनेर लान्छना लगाउछ। त्यहि नारी लाइ यहि समाजले समाजमा बहिष्कार गर्न समेत पछाडी पर्दैन यसकारण पनि तिमी हामी यसको जरुर विरुद्द उभिएर नयाँ सुन्दर बिहानी ल्याउनु पर्छ।


नयाँ सुन्दर बिहानी ल्याएरै छोड्नुपर्छ , समाजको कु(संस्कार तोडेरै छोड्नुपर्छ, दिन रात काम गर्ने महिलाको निम्ति हरेक क्षणमा सघाउने पुरुष र हरेक पुरुषको काममा हरेक क्षणमा सघाउने महिला, हरेक जाति, धर्म, र संस्कृतिमा समानता खोजेर सुन्दर बिहानी ल्याउनै पर्छ हाम्रै पालामा । विशेष गरि समाजमा महिला को निम्ति मात्र भनेर छुट्याइने कामहरुमा हामी पुरुष भनाउदाहरु ले हरेक काम सहयोग गर्न सके मात्र समाजमा सुन्दर बिहानी को परिकल्पना गर्न सकिन्छ त्यसको लागि सुधार गर्ने शुरुमा मैेले नै हो र तिमीले पनि हो सग सगै। अब परिवर्तन त शुरुमा तिमी होइन म हुने हो नि त ।
मेरो समाजलाइ परिवर्तन गर्ने मेरो कर्तव्य हो, परिवर्तन गर्नै पर्छ । म परिवर्तन हुन सक्नुपर्छ । समाज अझै पनि पुरुष प्रधान छ यसमा कुनै दुइ मत छैन भलै केही हुने खानेहरुको घरमा थोरै परिवर्तन भएको छ भने शासकिय शैलि, संवैधानिक व्यवस्था र अधिकांस मानिसमा चेतना को राम्रो रुपमा विकास हुदै गइरहेको छ जुन खुसीको करा हो तर समग्रमा हेर्दा हाम्रो समाजमा केहि यस्तो कहालीलाग्दो अबस्था देख्न पाइन्छ कता कता अझै हजुरवुवा को पालामा त छैनौ भन्ने पनि लाग्छ ।
अब यसमा परिवर्तन गर्दै सबै मिलेर सुन्दर बिहानी को किरण छर्ने काम मेरो हो, तिम्रो हो ,हाम्रो हो । यसै केहि पनि परिवर्तन हुदैन शुरुवात कोहि न कोहीले गर्न पर्छ अब यसको नेतृत्व लिने पालो मेरो हो, तिम्रो हो र हाम्रो हो । सुसंगत , सुशासन, न्याय र समानता ल्याउन लाइ हामी सुरुवात त गरौ न । यो भनिरहदा कतिपय लाइ लाग्न सक्छ समाजमा यो हाम्रो काम होइन सरकार को हो , नेताको हो , त्यस्तो होइन राम्रो काम हामी जसले गर्न पनि हुन्छ । समानता ल्याउन सुसंगत बनाउन जसले पहल गरेपनि हुन्छ । तर म आफैले मेरो घरमा यि कुराहरु गर्न त तयार हुनु पर्यो नि । मैले यहा लेखेर मात्र पनि भएन पाठकले यो पढेर मात्र पनि भएन परिवर्तन को शुरु आफैबाट काम गरेर नै गर्नुपर्छ । अरुलाइ दोष दिनु भन्दा पहिले आफ्नो पुरा अनुहार रव्यवहार एेनामा हेर्नुपर्छ राम्रो सग । दोष लगाउन जति सजिलो छ, कुरा गर्न जति सजिलो छ काम गर्न त्यति गाह्रो छ । बाहिर महिला अधिकार र दलित जनजाति अधिकार हामी भाषण गरेका छौ सत्यमा हामी नै कति काम गरेका छौ आफै खोजौ न र आत्ममुल्याङ्कन गरेर परिवर्तन हुन सकेको खणडमा सुन्दर बिहानी स्वर्णीम छ । सपना देख्नु पर्छ लक्ष्य निर्धारण गर्न् पर्छ ढिलो चाडो होला पुग्न सकिन्छ त्यो हाम्रो सुन्दर बिहानी को अंगालोमा तर हिम्मत हारेर कहि पुगिदैन , अरुलाइ भनेर मात्र गालि गरेर मात्र त जम्मा जम्माजम्मि हामी समय कटाउन मात्र सकौला अरु केहि हुदैन । निराश होइन आशावादी हुनुपर्छ, दृढसंकल्पित हुनुपर्छ सुन्दर बिहानी तिमी र म सगै छ हामी सगै छ । सुन्दर बिहानी जति बलजफ्ति रोक्न खोजेपनि आउछ आउनुपर्छ । सुन्दर बिहानी त बिहानी नै हो नि नआएर सुख नै छैन त ।
नारायण पौडेल