के जि एफ २ मा ‘अधिरा’ को फस्ट लुक

के जि एफ २ मा ‘अधिरा’ को फस्ट लुक

बलिउड

सोमबार निर्माण पक्षले सिनेमा रहने ‘अधिरा’ पात्रको फस्ट लुकमा संजयलाई प्रस्तुत गर्दै यसमाथिको रहस्यबाट पर्दा उठाएको हो।
चर्चा चले अनुरूप नै यश स्टारर ‘केजिएफः च्याप्टर २’मा संजय दत्त मूख्य खलनायक बनेका छन्।सिनेमामा संजयको प्रवेश सिनेमाले थप उचाइ प्राप्त गर्ने अनुमान गरिएको छ।गत वर्ष शाहरूख खानको जिरो सँगै वक्सअफिसमा भिडेको सिनेमाले हिन्दी डब संस्करणमा मात्र सय करोड भारूको अनपेक्षित कारोबार गरेको थियो। सिनेमाले कुल वक्सअफिस कमाइ २५० करोड भारू माथि रह्‍यो।
प्रशान्त निल निर्देशित केजिएफ सिनेमाले सन् ७० को परिदृश्यमा एक ग्याङ्स्टरको कथा पेस गर्छ।