ओपोले ‘वाटरफल स्क्रिन’ डिजाइन

ओपोले ‘वाटरफल स्क्रिन’ डिजाइन

काठमाडौं

‘वाटरफल स्क्रिन’ले प्रस्तुत गरे झैँ नयाँ आकार सम्बद्ध विभिन्न कारक तत्व तथा धातु सम्बन्धि खोज ओपोको आरएण्डडीका ५ प्रमुख क्षेत्र मध्य एक हो । कभर्ड डिस्प्ले डिजाइनका क्षेत्रमा पनि ओपोको फराकिलो अनुभव रहेको छ ।

ओपोले ‘वाटरफल स्क्रिन’ डिजाइन सहितको एउटा प्रोटोटाइप उपकरण प्रदर्शित गरेको छ ।
यसमा रहेको भर्टिकल (ठाडो) ८८ डिग्रिको कर्भ्ड बडीले सटिक दृश्यानुभुति दिनुका साथै उपकरणलाई करिव करिव बोर्डर रहित बनाइदिएको छ । यसले ओपोको मोबाइल फोनलाई नयाँ आकार दिने काम गरेको छ ।

पछिल्लो पटक ओपो फाइन्ड एक्समा कम्पनीले पानोरामिक आर्क स्क्रिन डिजाइनका साथमा ९३.८ प्रतिशत स्क्रिन–टू–बडी रेसियो प्रस्तुत गरिसकेको छ । नयाँ ‘वाटरड्रप स्क्रिन’ फोनको बाह्य डिजाइनमा ओपोको नयाँ उपलब्धि हो ।

उपभोक्तालाई स्मार्ट उपकरणका अनेकन विकल्प उपलब्ध गराउन ओपो सुन्दरता र नवप्रबर्तनात्मक प्रविधि बीचको मिलन विन्दूको निरन्तर खोजीमा लागि परेको छ । अब वाटरफल स्क्रिन डिजाइनका माध्यमबाट ओपोले आफ्ना उपभोक्तालाई अदृतिय दृश्यानुभुति र अभूतपूर्व सौन्दयानुभव प्रदान गर्ने उद्देश्य लिएको छ ।