धर्म सापकोटा ‘राजु’को कथा संग्रह “बाटो” प्रकाशन तयारीमा

  • 44
    Shares
धर्म सापकोटा ‘राजु’को कथा संग्रह “बाटो” प्रकाशन तयारीमा

काठमाडौं
कथाकार धर्म सापकोटा ‘राजु’ को बहिर्गमन पछि कथा संग्रह “बाटो” प्रकाशनको तयारीमा रहेको छ ।

युरेका पब्लिकेसन्सले प्रकाशनमा ल्याउन लागेको पुस्तकमा सापकोटाका १५ वटा कथाहरु समावेश छन् । बाह्र बर्षदेखि बेलायतमा बसोबास गर्दै आएका सापकोटाका धेरैजसो कथाहरु बैदेशिक पृष्ठभूमिमा नै लेखिएका छन् भने कतिपय कथाहरु बर्तमान नेपाली समाजको प्रतिनिधित्व गर्ने खालका रहेका छन् ।

किताव पढेपछि नेपालबाट बिदेश जान्छु भन्नेहरुलाई एकपटक राम्रोसँग सोच्न बाध्य बनाउने सापकोटाको दावी छ । यस अघि सापकोटाका एक लघुकथा संग्रह र एक बालकथा संग्रह प्रकाशित भईसको छ ।