रुपन्देही क्याम्पसमा विदाई कार्यक्रम सम्पन्न

रुपन्देही क्याम्पसमा विदाई कार्यक्रम सम्पन्न

भैरहवा पुष १६
प्रदेश नम्बर ५ कै उत्कृष्ट एवम् विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्यु.ए.ए.) प्रमाणपत्र प्राप्त रुपन्देही पब्लिक क्याम्पसमा विदाई कार्यक्रम सम्पन्न भएको छ । विदाई कार्यक्रम रुपन्देही क्याम्पसको बि. बि. एस. र बि. एड. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुद्वारा आयोजना गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि रुपन्देही क्याम्पसको क्याम्पस प्रमुख बाबूराम अर्याल र सभापति बि. एड. तेस्रो वर्षका कमल गौतम रहेका थिए । मिस्टर एंड मिसेज थारु उपाधिको बिजेता बि. बि. एस तेस्रो वर्षमा अध्ययनरत रबिन चौधरीको स्वागत मन्तव्यसँगै कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनको लागि बि. बि. एस तेस्रो बर्षमा अध्ययनरत अस्मिता खत्री,सिता चौधरी र बि. एड तेस्रो वर्षमा अध्ययनरत मन्जु गुराव र सुशिला चौधरीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
विदाई कार्यक्रममा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुद्वारा स्नातक चौथो वर्षका ६५ जनालाई अबिर र मायाको चिनो वितरण गरिएको रुपन्देही क्याम्पसका प्राध्यापक विशाल बस्नेतले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही क्याम्पसका प्रमुख बाबूराम अर्यालले रुपन्देही क्याम्पस प्रदेश नम्बर ५ कै उत्कृष्ट एवम् विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चिता तथा प्रत्यायन प्राप्त गर्न सफल भएको जानकारी गराउँदै अबको अगामी दिनहरुमा यस क्याम्पसलाई अझै उत्कृष्ट बनाउन शिक्षक, अभिभावक तथा विद्यार्थीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । विदाई कार्यक्रमको आयोजना गरेका स्नातक तेस्रो वर्षका सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गरेका थिए र यस विदाई कार्यक्रमले विद्यार्थीहरुमा आत्मीयता र हौसला बढ्ने समेत बताए ।
साथै रुपन्देही क्याम्पस प्रध्यापक संघका अध्यक्ष लक्ष्मण ज्ञवाली, सञ्चालक समितिका सदस्य एवम् प्रध्यापक मोतीलाल सुवेदी र डिल्लीराज भट्टराईले समेत क्याम्पस प्रमुखको विचारमाथि जोड दिदै स्नातक चौथो वर्षको परीक्षाको तयारीमा रहेका सम्पूर्ण विद्यार्थीहरुलाई अग्रिम शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन रुपन्देही क्याम्पसका सहायक क्याम्पस प्रमुख पार्थीवेन्द्र उपाध्याय , प्रध्यापक गणेश क्षेत्री र राजेन्द्र भट्टराईले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । साथै स्नातक तेस्रो वर्षमा अध्ययनरत बिमला पोखरेल, सबिता भट्टराई, दीपा अधिकारी, बासुदेव गुप्ता र अशोक यादवको समेत कार्यक्रमलाई सफल बनाउन विशेष योगदान रहेको थियो । उक्त विदाई कार्यक्रम बि. बि. एस तेस्रो वर्षका गोविन्द कुँवर र बि. एड तेस्रो वर्षकी पूजा मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।