क्वालिटीका उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छौँ । अनिश खड्का

क्वालिटीका उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छौँ । अनिश खड्का
Caption

बुटवल उपमहानगरपालीका–१३ बेलबास, नयाँगाउँ रुपन्देहीमा रहेको सुपर क्वालीटि मिट प्रोसेसिङ्ग इण्डष्ट्रि प्रा.लि.ले यस क्षेत्रमा गुणस्तरीय मासु र मासुजन्य परिकारहरु उपलब्ध गराउँदै आएको छ । केहि समयको अन्तरालमै यो संस्थाका उत्पादनहरु चिकन नेगेटस्, चिकन ससेज, चिकन पपक्रोन आदि जनजिब्रोमा प्रख्यात भईरहेका छन् ।
यसरी संस्थाको उत्पादले आर्कषण बजार बनाउनुको कारण के छ त ? अवस्यपनि जसको प्रमुख जवाफ हुन्छ संस्थाका बजार व्यवस्थापक, जनरल म्यानेजर अनिश खड्का ।

“जंक फुडहरु, खुल्लारुपमा बेच्न राखेका खानेकुरामा रसायन र फोहोर मैला बढि मिसिएको हुन्छ र ति खानाहरुमा स्वास्थ्य र गुणस्तरको कुनै प्रतिबद्धता नै हुँदैन । मुल्यमा केहि सस्तो छ भन्दैमा जहाँ जे पनि खाना खानु हुदैन । जसले मान्छेलाई विस्तारै विस्तारै मृत्युको मुखमै पु¥याउन पनि सक्छन् । तसर्थ उपभोक्तालाई यस विषयमा सचेत बन्न सुझाव दिन्छु, उपभोग गर्ने वस्तुको गुणस्तर र त्यसको असरमा निकै सचेत रहनु पर्दछ । अनेक किसीमका रोगव्याधी निम्तनु आजको जल्दोबल्दो समस्या पनि हो किनकी खानपिनले नै मानिसहरु अनेक किसीमका रोगको सिकार बन्नु परेको छ ।” खड्का

पोखरा विजयपुरामा जन्मिनुभएका खड्काको पढाई तथा कार्यअुनभव लिने अवसर भने भारतमा प्राप्त भयो । उहाँले भारतमा आइटि स्पेसलिस्टको रुपमा काम गर्दै आईटि क्षेत्रमा राम्रो अनुभवप्राप्त गर्नुभयो । साथै हस्पिटालीटि इन्टरनेशनल फास्ट एण्ड बर्गन किङ्गमा फ्लोर म्यानेजरको रुपमा ३ वर्ष र अतुल इलेक्ट्रोनिक्स भारतमा अपरेशन म्यानेजरको रुपमा डेढवर्ष को अनुभव प्राप्त गरेको बताउनु हुन्छ ।
“”यसैक्रममा नेपालमा मेकेन फ्रोजन फुडलाई मार्केटिङ्ग गर्ने क्रममा सुपर क्वाटिसँग आवद्ध हुन पुगे, यस संस्थामा काम गर्न शुरुगरेको १ वर्ष भन्दा बढि भयो ” खड्काले बताउनु भयो ।

“यस क्रममा मार्केटिङ्ग म्यानेजर हुँदै जनरल र अपरेशन म्यानेजरको रुपमा रहेर म र संस्थाको संचालक मिलेर संस्थाको स्तर उन्नति गर्न तर्फ जोड दियौ । जसका लागि १ वर्षसम्म त हाल बजारमा उपलब्ध रहेका विविध प्रोडक्टहरुको बजार तथा ग्राहकको विचार बारेमा अध्ययन, अनुसन्धान गर्न र विशेषज्ञहरुको सल्लाह लिन मै बितायौ । यसपछि मात्र हामीले उत्पादन थालनि गरेका हौँ”खड्काले बताउनुहुन्छ ।
हाल बजारमा सुपर क्वालिटीको चिकन ससेज, नेगेट्स, पपकर्न लगायत ७ वटा प्रोडक्टहरु उपलब्ध छन् ।

caption

“म यस संस्थामा प्रवेश गरेपछि संस्थालाई २०% देखि ८० % सम्म ग्रो अप गर्न सफल भए, यसमा संस्था र मैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संस्थाहरुबाट प्राप्त गरेको अनुभव र सकारात्मक सोचाईले ठुलो मद्दत गरेको छ । त्यसमा पनि यस संस्थाका संचालक कृष्ण पौडेलको साथ सहयोग र काममा हौसलाले निर्णय गर्न कुनै बाधा छैन र थप उत्साह प्रदान गरेको छ ।” खड्का भन्नुन्हुुन्छ ।
चिकन नेकेट जस्ता विश्व प्रख्यात फ्रोजन फुड नेपालमा भित्राएको र नेपालमा चिकनको यति धेरै परिकारहरु उपलब्ध नहुँद कतिपय ग्रैह कानुनी रुपमा भारतबाट यस्ता प्रोडक्ट आयत हुने गरेकोमा हाल त्यो बाधालाई हटाएर हाल देशभित्रै सुपर क्वालिटीले चिकनका विभिन्न गुणस्तरीय परिकारहरु उचित मूल्यमा उपलब्ध गराएको बताउनु भयो ।
गुणस्तरमा विषेश महत्व दिएको बताउदै खड्का भन्नुभयो “हाम्रो प्रोडक्ट अरुभन्दा भिन्न र अन्र्तराष्ट्रिय स्तरको हो किनभने हाम्रो उत्पादनहरु पूर्ण रुपमा हाईजेनिक र ग्राहहको माग र स्वाद अनुसारको रहेको छ किनकी गुणस्तरमा सामान्य कमजोरी पनि हामी हुन दिदैँनौ । उपभोक्ताको स्वास्थ्यमा सचेत रहनु र चाहाना अनुरुपको वस्तु उपलब्ध गराउनु नै हाम्रो मुल उद्देश्य हो ।”
हामीले प्रोडक्ट डेलिभरि गर्नको लागि-80 डिग्रि तापक्रमको अत्याधुनिक भ्यान प्रायोग गर्दै आएकाछौँ । गुणस्तरमा मान्यताप्राप्त भएकाले हामीले उत्पादन गरेका प्रोडक्ट धेरै स्वास्थ्य र गुणस्तरीय छन्, खड्काले विस्तार गर्नुभयो ।
हाल यो संस्था गुणस्तरमा ISO certified 22000 “2005” food safety security प्रामाणित भईसकेको छ ।
जर्मनमा रहेको BIT भन्ने संस्थाले Online survey बाट छनौट गरेर हाम्रो संस्थालाई पनि best quality certificate को लागि निम्ता गरेको छ । यो । नेपाली उद्योगले ठूलो सम्मान पाउनु हाम्रो लागि र देशकै लागि गौरवको कुरा हो । जसबाट हामीलाई संस्थाको बारेमा राम्रो सन्देश प्रवाह गर्न, विभिन्न बिजनेश सँग आवद्ध व्यक्ति र संस्थाका अनुभव प्राप्त व्यक्तिहरु सँग आईडिया सेयर गर्ने सिक्ने अवसर प्राप्त हुनेछ, खड्काले बताउनु भयो ।
हाल देशभरका स्तरिय डिपार्टमेन्टल स्टोर भाटभटेनि, विगमार्ट लगायतका ठाँउमा सुपर क्वालिटीका प्रोडक्ट उपलब्ध रहेको खड्काले बताउनुहुन्छ ।
नेपालका पूर्व देखि पश्चिममाका सम्पूर्ण मुख्य मुख्य बजारहरु काठमाडौं, विरगंज, बुटवल, पोखरा लगायत ठाँउमा बजार प्रवद्र्धन गरेको यस संस्थाले निकट भविष्यमा प्रोडक्टहरुलाई सुलभ मुल्यमा देशका सबै ठाँउमा र अन्र्तराष्ट्रिय स्तरमा पु¥याउने मुख्य उद्देश्य लिएको छ । आफ्नै लगानीमा पोल्ट्रि फर्म संचालन गर्ने, केही नयाँ परिकारहरु थप्ने र उपभोक्ताहरुमाझ राम्रो उत्पादन भनेर चिनाउने नै यस संस्थाको उद्देश्य रहेको छ ।
संस्थाले समय समयमा सामाजिक काम पनि गर्दै आएको र समाजिक कार्यको लागि संस्थाले फेक्ट्रीबाट निस्केका कामनलाग्ने वस्तुहरु बेचबिखन गरेर, कर्मचारी अनुपस्थित हुदाँको तलब कट्टि आदि रकम संकलित गरि एउटा फण्ड्नै बनाएको समेत उहाँले बताउनुभयो ।
भन्सारमा बाहिरबाट सामान ल्याउदा निकै झन्झट छ, नेपालमा आवश्यक मात्रामा कच्चा पदार्थ पाउन समस्या छ । यस्ता समस्यामा सरकारले सहयोग गरेमा उद्यमीहरु लाइ राम्रो हुने खड्काको बुझाई छ ।
हाल संस्थाको शाखाहरु पोखरा, बुटवलमा रहेको छ । संस्थाको उत्पादन शाखा बुटवल–१३ बेलबास, नयाँगाउँ रुपन्देहीमा रहेको छ ।
क्वालिटीलाई गुणस्तर र स्वादमा स्तरिय बनाइसक्नु भएका खड्काको उपभोक्तालाई सुझाव छ, “जंक फुडहरु, खुल्लारुपमा बेच्न राखेका खानेकुरामा रसायन र फोहोर मैला बढि मिसिएको हुन्छ र ति खानाहरुमा स्वास्थ्य र गुणस्तरको कुनै प्रतिबद्धता नै हुँदैन । मुल्यमा केहि सस्तो छ भन्दैमा जहाँ जे पनि खाना खानु हुदैन । जसले मान्छेलाई विस्तारै विस्तारै मृत्युको मुखमै पु¥याउन पनि सक्छन् । तसर्थ उपभोक्तालाई यस विषयमा सचेत बन्न सुझाव दिन्छु, उपभोग गर्ने वस्तुको गुणस्तर र त्यसको असरमा निकै सचेत रहनु पर्दछ । अनेक किसीमका रोगव्याधी निम्तनु आजको जल्दोबल्दो समस्या पनि हो किनकी खानपिनले नै मानिसहरु अनेक किसीमका रोगको सिकार बन्नु परेको छ ।”