ओम डेभलपमेन्ट बैंकले शाखा सुरु गर्यो भैरहवामा

ओम डेभलपमेन्ट बैंकले शाखा सुरु गर्यो भैरहवामा

ओम डेभलपमेन्ट बैंक ९इम्द्यी० ले रुपन्देहीको भैरहवामा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन प्रमुख अतिथी नेपाल राष्ट्र बैंक भैरहवा शाखाका निर्देशक अशोक कुमार पौडेलले गरेका छन् । नयाँ शाखाको उद्घाटनसँगै बैंकले भैरहवा बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट छात्रबृद्धि प्रदान गर्ने घोषणा गरेको हुन् ।

ओमले ३९९ कर्मचारी मार्फत करिब २ लाख ३१ हजार ग्राहकलाई देशभर ५२ शाखा संख्या र ११ एटिएमबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।

साथै केन्द्रीय निक्षेप प्रणालीले फागुन ११ गतेदेखि धितोपत्रमा आवेदन गर्दा अनिवार्य सि आस्वा प्रणाली लागू गरेपश्चात बैंकले ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको जनाएको छ ।

हालसालै बैंकले जर्मनीको केएफडब्लु बैंकसँग साना तथा मझौला कर्जा अन्र्तगत २ लाख देखी ४० लाखसम्मको कर्जा लगानी गर्नको लागी सम्झौता गरी कर्जा लगानी शुरु गरिसेको प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी गराए ।

हालै मात्र बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा सुरुवात गरेको बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा लगानी गरेको छ ।?

१७।६९ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृती

ओम डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई वितरण प्रस्ताव गरेको १७।६९ प्रतिशत लाभांश बितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।?दचश्र

बैंकले फाल्गुन २५ गते शुक्रबार, पोखरामा बार्षिक साधारण सभा आह्वान गरेको थियो७लदकउस । प्रस्तावित बोनस साधारण सभाबाट पारित गरेपछि बितरण हुनेछ ।